हो म वेश्या हुँ मेरो चोली खोलेर म टाल्छु चुहिने मेरा घरको छानो बेरीएको फरिया खोलेर पुस्छु गरिबीले रुझेको असिम सपनाहरु आफु नाङ्गिएर म ढाकीदिन्छु मेरो बा-आमाको कठ्याङरिएको शरिर मेरा शरिर बेचेर म किनी दिन्छु मेरो भाईलाइ भाग्य लेख्ने कापी र कलमहरु मेरा स्तन देखाएर म छोपी दिन्छु मेरी बहिनीको लाजको ताज योवनका भोका व्बाँसोहरुको प्यास भरिदिएर स्वोयम पालिन्छु र पाल्छु भोको मेरो घर परिवार रण्डी,वेश्या अनेक नाम देलान् सत्यसावित्री मेरो समाजले तर मलाइ किन्चित प्रवाह छैन किनकी म विवशतामा पिल्सिएको छु गरिबीको बाध्यता अल्झिएको छु अनि निर्धक साथ भन्छु हो म वेश्या हुँ ओइ "माल" ओइ "भालु" भन्ने ए मेरो चरित्रवान पुरुषवाद...
मिल्थ्यो त लुकी दिन्थेतिम्रो परेलीमा बादल सामु जुन लुके जस्तैमिल्थ्यो त झुकी दिन्थेतिम्रो अटुट र अथाह मायाको लागीधानको बोट सामु बाला झुके जस्तैमिल्थ्यो त पछ्याउथेतिम्रो पछ्याउरी समाउदैकिनाराले खोला पछ्याए जस्तैअनि मिल्थ्यो त बिछ्यी दिन्थेतिम्रो सामु माया सगुनहरुघाम सामु बिस्कुन बिछ्यीए जस्तैतर डर छकतै बादलबाटझरी बनेर खुली दिने पो हौ की ?कतै किनार लाइ बिर्सेरसागरमै भुली पो दिने पो हौ की ? मिल्थ्यो त हराइ दिन्थेतिम्रो मधुर बोली सँगैसरगम सँग धुन हराए जस्तैमिल्थ्यो त डराइ दिन्थेतिम्रो हरेक कर्के नजरमाघाम सँग ताराहरु डराए जस्तैमिल्थ्यो त कराइ दिन्थेतिम्रो हरेक दु:खमासाँझ सँगै झ्याउकिरी कराए जस्तैअनि...
कतिलाइ हर्ष कतिलाइ पिडा दिदै आज पनि दिन ढल्यो,आकाशमा राता पहेलो लाली छोड्दै सुर्य ओझेल परिसकेको छ। एक्लोपन र निराशा मनमा कुच्लेर म कोठा बािहर निस्केको छु। एक पाहिला पनि अघी सर्न नचाहेको यि खुट्टाहरुलाइ जबरजस्ती चालिरहेको छु । सधै झै चप्पल प्याट प्याट पड्काउदै आज पनि म मैतिदेवी मन्दीरमा होमिदै छु । साँझ झम्क्कै भएर छिप्पीसकेको छ, तर यहाँ हाम्रो गाउँमा जस्तो न झ्याउकिरी नै कराएको छ न त भ्यागुता ट्वार ट्वार गरेको सुनिन्छ। झ्याउकिरी र भ्यागुताको ठाँउमा यहाँ मोटर गाडीहरु कराउदै छन् र जुनकिरी झै बत्ती बालेर आफ्नो आफ्नो गन्तव्य तिर लम्किदै छन् । कपड़ा पसलहरुमा भिड छ सायद तिज नजिकिएर होला। पसलेको भइयालाइ...
जब उस्ले मलाइअनलाइन बोलाइ मेरो मन, पेट आन्द्रभुँडीसबै सबै खोलाइकहिले हाँसेर बोलाइकहिले केही कुरा पछी भन्छु भन्दै सँाचेर बोलाइकहिले कुरा गर्दा गर्दैझन्नक रिसाएर बोलाइत कहिले मुटुमै च्वँस्सलाग्ने गरी बझाएर बोलाइमेरो होस् हवाश सबै आफु तिर तानेर उस्ले अनलाइन आउनुस् न भन्दैमिसकल हानेर बोलाइ कहिले थाङ्ने कुरोत कहिले बक्मफुसेगफ गर्दै अल्झााएर बोलाइ पुरानो स्मृति पल्टाएरअतित फेरी ताज़ा बनाइघाउहरु बल्झाएर बोलाइम रिसाए जस्तो गर्दा'अइ एम सरी' भन्दैकुराहरु सुल्झ्याएर बोलाइमैले भनेको सबैकुराहरु मानेर उस्लेअनलाइन आउनुस् न भन्दैमिसकल हानेर बोलाइ हजुर त उल्लु,बाँदर,पागलअनेक नाम राख्दै बोलाइहजुरको दिलमा राख्नु...
हरियो वनपाखा झैसृंङ्गारिन्छौ तिमी सुगँाको भेसमा तानेर यी लालहित मनआफ्नै देशमा जहाँ उड्छौ बोकेर मायाको सौगातहरु पुरेर अतितका आघातहरु मिहेन्धीको सहारा लिइमनमा लेखिएको नाम सजाउछौ आफ्नो हातहरुपरि जस्तै बन्छेउ र तमन रङ्ग्याने गर्छतिमीलाइ नै हेर्न त सधै साउन आउने गर्छ छनछन गर्दौ हरिया पहेलो चुराबाट बजाउदै मधुर धुनहरुफेरी पुर्याउछौ आफ्नै साम्राज्यमा सजाउदै प्रेमका फुलहरु राख्छौ मायाको गद्दीमा बेरिदिन्छौ, कसिदिन्छौ अटुट विश्वाशको परिधीमात्यसैले लाग्छ यस्तै रुप हेर्न त बर्षै साल धाउने गर्छ तिमीलाइ नै हेर्न तसधैँ साउन आउने गर्छ गुलाबी अधरबाट उघारछौ निश्चल हाँसोहरुललाउदै फकाउदैथाप्छौ मायाको पाँसोहरुफोरेर...
उ सोच्दै छ अनि खोज्दै छ सजाउदै छ नयाँ सपना उ बनाउदै छ एउटा रँगिन चित्र जहाँ निराशा, उदासता र आबेगको रगँहिन मसिहरु छ कहिले उ गल्तीले लड्छ कहिले लडाउछन् आफ्नाले तर उ हार मान्ने मा छैन किनकी उ सँग सहस छ अनि पुर्ण विश्वास उ उठ्छझुनो आश बोकर बनाउछ सपनाको जहाज किनकी उस्लाइ थाहा छ विमानमा उडान भर्नु अघी सपनाको पखेटा हाल्नु पर्छ भनेरउ उड्न थाल्दा कयौ चोटी उसको पखेटा भाँचिएको छ कयौ पटक पछारिएको छ त कयौ बल्ड्याङ सँगै बझारिएको छ तर उ फेरी पनि उठ्छ उस्लाइ थाहा छ घाम जादैमा अन्धकार हुदैन किनकी उ रातको चम्किलो तारा रगोलो रोटी जस्तो जुनसँग रमाउन सिक्दैछ
बा'किन यति अबेर सम्म सुत्नुभएको बा'?? अनि,किन ओछ्यानमा नसुतेर बहिर आउनु भएको त बा' ??म भन्दा अल्छी हुनुभयो कि क्या हो तपाइ??हेर्नुस त घाम डाँडामा आइसक्यो बिहान सबेरै उठ्नु पर्छ भनेर सिकाउनेअनि आज आफै यति ढिलो किन त बा'?? बा'हेर्नुस्न सबै आफ्नत र गाँउलेहरुकिन आएका हाम्रो घरमा??बा' सोध्नुस् न यिनीहरुलाइ किन आएका भनेर ??अनि बा'किन टोलाएका यि गाँउलेहरु??अनि किन रुदैहुनुन्छ आमा तपाईलाई आँगालेर??नरोउ भन्नुस् न बा' यिनीहरुलाइसम्झाउनुस् न बा' यिनीहरुलाईअनि पुछ्दिनुन् आमाको आँसु तपाई पनि आँगाल्नुस्न आमालाई किन बा' किन ?किन केही बोल्नुहुन्न ?किन केही गर्नुहुन्न तपाई ? बा' !!हाँस्नुस्न एकचोटीसुनाउनुस्न त्यी...
हो, तिमी सुन्दर छौसबै कोणबाटमतलब नगर भन्नेले जे नि भन्छन्शब्दले बयान गर्न नसकिन त्यो सुन्दरता साँच्चै,तिमी सुन्दर छौतिम्रो त्यो विल्पाते शिर देखि खुट्टाको सानो अौँला सम्मतिमी सुन्दर छौत्यो कोमल र सोभायमान गुलाब भन्दा यो शिशिरको सेता हिउँ भन्दा तिमी सुन्दर छौअौँसीको रातको तारा भन्दापुर्णिामाको उज्ज्वल जुन भन्दा तिमी सुन्दर छौहैन कुनै योवनको सुन्दरतान कुनै रुपको नसामादेख्न सकिने मात्र त्यी मनका पानामाहो साँच्चै नै तिमी सुन्दर छौ मृर्गीणी आँखा लालुपाते ओठ रेसमी कपालमा झल्किदैन यो सुन्दरता न कुनै एनामा हो, तिमी सुन्दर छौ साँच्चै नै तिमी सुन्दर छौ
अहिले सम्म उनि सॅग बोलेको हैन सधै मस्किन्छे मात्र मनको कुरा खोलेकी हैन बेलुकी बोलुकी सधै कुरीरहन्छे उमलाई देख्ना साथ फिस्स हाॅसी धुरीरहन्छे उ अलि अग्ले अनि अलि खाइलाग्दो देखेर डराएकी हुनुपर्छ पक्कै पनि उस्ले मलाइ मनपराएकी हुनुपर्छ कहिलेकाही त उनि भाको छतमा हामफालु झै लाग्छ खुट्टा भाचिने डरले बिचमा भर्याङ हालु झै लाग्छ उनलाई पनि मलाइ जस्तो काउकुती लाग्दो हो क्यारेरोमीयो र जुलियट जस्तै चोखो माया जाग्दो हो क्यारे एकदिन उनलाइ नदेख्दा मन पोल्न थाल्छ भित्रभित्रै कोहीला झै मन जल्न थाल्छसयद उनि सॅग माया बसेछ क्यारे त्यसैले त उसलाइ देख्न साथ मनको टुकी बल्न थाल्छ कहिले काही त म सॅग बोल्ने काम पर्दे हुन्थ्यो...