साउन
हरियो वनपाखा झै
सृंङ्गारिन्छौ तिमी
सुगँाको भेसमा
तानेर यी लालहित मन
आफ्नै देशमा
जहाँ उड्छौ बोकेर
मायाको सौगातहरु
पुरेर अतितका आघातहरु
मिहेन्धीको सहारा लिइ
मनमा लेखिएको नाम
सजाउछौ आफ्नो हातहरु
परि जस्तै बन्छेउ र त
मन रङ्ग्याने गर्छ
तिमीलाइ नै हेर्न त
सधै साउन आउने गर्छ
छनछन गर्दौ
हरिया पहेलो चुराबाट
बजाउदै मधुर धुनहरु
फेरी पुर्याउछौ आफ्नै साम्राज्यमा
सजाउदै प्रेमका फुलहरु
राख्छौ मायाको गद्दीमा
बेरिदिन्छौ, कसिदिन्छौ
अटुट विश्वाशको परिधीमा
त्यसैले लाग्छ
यस्तै रुप हेर्न त
बर्षै साल धाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ
गुलाबी अधरबाट
उघारछौ निश्चल हाँसोहरु
ललाउदै फकाउदै
थाप्छौ मायाको पाँसोहरु
फोरेर त्यी मुस्कान सँगै
चोरेर यी मनहरु
डुलाउछौ आफ्नै सहरहरु
हरेक स्पर्श हरेक हेराइले
गाढा बनाउछौ हरेक प्रहरहरु
यति माया गर्छौ र त
मन चुलबुलाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ
भोक सुर्ता नमानी
मेरै लागी व्रत बस्छौ
म तिम्रै त हुँ
किन यति कष्ट गर्छौ ?
सम्बन्धमा दाग लाग्नै दिन्नौ
माया पनि कति स्पष्ट गर्छौ
कहिले काही त अरु महिना
कहिले नआओस् जस्तो लाग्छ
यो साउन महिना कहिले
नजाओस् जस्तो लाग्छ
यस्तै यस्तै कुराले त
मन हर्षाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ