Overblog
Edit post Follow this blog Administration + Create my blog

सिड्नी डायरी

June 4 2023 , Written by November Frost

पहिलो चोटि उस्लाई मैले कलेजको लन्च रूममा देखेको थिए । गोलो अनुहार पातलो ज्यान, हिस्स परेको मुहार र कुम भन्दा ठिक्क तल सम्म आउने उस्को कर्ली कपाल, सुरुमा देख्दा ठिकै लागेको थियो उ मलाई । साथीहरु संग खाजा खादै गफमा मस्त रमाउदै थिइ उ त्यती बेला । म धारामा पानी भर्दै थिए ठिक त्यती नै बेला उस्को साथीले , ' जाँ त कुसुम पानी भरेर लेरा' भनेको सुने। उ मेरो पछाडी उभिएर पानी भर्न कुर्दै थिई । म आफ्नो बोटलमा पानी भरेर उस्लाई ठाउँ छोडेर लेक्चर क्लास तिर लागे । त्यो दिन त्यसै सकियो ।

 

भोली पल्ट कलेजमा ल्याव क्लास सकेर कमन ल्यावमा छिरे, उ ठिक म प्राय सधै बस्ने कम्पुटर डेस्क भन्दा साइडमा बसेकी रहेछ । म पनि सधै बस्ने डेस्क मा बसेर आफनो एसाइनमेण्ड गर्ने लागे । मेरो टाइपिङ स्पिड अलि बढी छ । मैले ट्याइप गरेको देखेर हो या अरुनै कुनै कारण हो बेला बेलामा उस्ले मलाई हेर्दै गरेको चाल पाइ रहेको थिए । एकछिन नबित्दै उस्ले बोलेको सुने " हजुर त कति छिटो ट्याइप गर्नु हुदो रहेछ " पहिलो पटक मैले उस्को आबाज पर्स्ट सुनेको थिएँ । म उ तिर फर्के र मुसुक्क हाँसेर " हैन अलि अलि हो" भन्दै फेरी एसाइनमेण्ड गर्न लागे । उ पनि आफ्नो एसाइनमेण्ड गदै रहेछिन् । काममा जान ढिलो हुने भएर म एकछिन एसाइनमेण्ड गरेर निस्किन लागे । निस्किने बेला उस्लाई भने "तपाई पनि ट्याइप त गर्नु हुदो रहेछ त" । उस्को जवाफको ध्यान नै नदिइ म काम तिर हानिए ।

 

काममा जांदै गर्दा बसमा बसेर फेस्बुक खोले र निउज फिल्ड स्र्कोर्ल गर्न लागे । त्यतिनै बेला मनमा उसको फेसवुक प्रोफाइल खोज्ने हुरि चल्यो । फेसवुकको माथी र्स्चमा गएर लेखे "KUSUM", फेस्बुकले एकछिनमै धेरै कुसुम हरूलाई खोजेर मेराे अगाडी राखिदियो । अब यति धेरै कुसुम बाट मैले उ कुसुम लाई भेटाउन पर्ने थियो । एउटा एउटा प्रोफाइल खोल्दै हेरे, तर उ कुसुम जस्तो अनुहार भएको प्रोफाइल एउटै भेटिन । फेरी र्स्चमा गएर नेपालीमा लेखे 'कुसुम' । नेपाली नाम भएका कुसुमहरूलाइ फेसवुकले फेरी खोज्यो र मेरो अगाडी राख्यो र भन्यो " ल यस बाट तैले खोजेको कुसुम कुन हो आफै खोज" । सवै अनुहार हेरे उस्को जस्तो अनुहार भएको प्रोफाइल कसेको लागेन । मलाई एक्कासी फेसवुकमा मान्छे खोज्ने काम आफुले गरिरहने किचेन ह्यान्ड काम भन्दा गह्रो लागन्न थाल्यो ।

 

यो हप्ताको लागी कलेज जाने दिन सक्किसकेको थियो । नेपालमा छ दिन कलेज गइरहने बानी यहा हप्ताको दुइ दिन कलेज जांदा, कलेज गएको आभास नै हुदैन थियो । अब उसलाई भेट्न मैल फेरी अर्को हप्ता कुर्न पर्ने भयो ।

 

अर्का हप्ता सुरु भयो । सोमवर बिहान ९ बजे कलेज पुगे, कलेज पुग्ना साथ मेरा आखाँहरु उस्को अनुहारको खोजीमा डौडन थाले । लेक्चर क्लास छिर्दा सरसर ति सवैको अनुहार निहाले, उस्लाई भेटाउन सकिन । लेक्चर क्लास सकिए पछि लन्च रुममा गए, उस्लाई त्याई खाजा खाइ रहेको देखे । उसलाई देख्न साथ मेरा आखाँहरु टक्क अडिए, ठिक त्यइ बेला उसले पनि मलाई देखी र मुसुक्क हाँसी, मैले उसको मुस्कान जवाफ मुस्कानले नै दिए । उस्लाई देखे पनि गएर बोली हाल्ने आंट भने म मा आएन । लन्च रुम बाट सिधै कमन ल्यावमा गए र एसाइनमेन्ट गर्न लागे । एकछिनमा उ पनि मेरै साइडको कम्प्युटर आएर बसी । उसले आफ्नो झोला बाट सामान निक्लने बेला उ पट्टि फर्केको थिए, ठिक त्यती बेला उसको कपीमा नाम देखे " कुसुम पौडेल" । हतार हतार फेस्बुक खोले र सर्च गरे, फेस्बुकले फेरी उहि नाम भएको धेरै अनुहार मेरो अगाडि खोजेर राखिदियो । चौथो नम्वरमा उस्को जस्तै अनुहार भएको प्रोफाइल भेटे । प्रोफाइल खोले र सिधै प्रोफाइल पिक्चर हेरे उ नै रहिछ । पहेलो टिसर्ट, जिन्सको कट्टु लगाएकी समुन्द्रको पानीमा खेल्दै गर्दा खिचिएको उस्को तस्विर निकै नै राम्रो लाग्यो तर फ्रेन्ड रिक्वेस्ट पठाइ हाल्ने अँट भने आएन ।
 

मोवाइल राखे र फेरी एसाइनमेन्ट मै ध्यान दिन खोजे तर ध्यान एसाइनमेन्ट तिर जादै गएन । उ संग बोल्न मन लाग्यो तर बोल्ने वाहाना भेटिन । के भनेर बोल्ने होला भनेर एक छिन सोचीरहे , केहि वाहाना भेटाउन सकिन । त्यति नै बेला ब्याग बाट स्याउ झिकेर खानु पर्यो भनेर लाग्दा साइडमा राखेको पानीको बोटल ढल्यो र पानी पोखियो । पोखिएको पानी गएर उस्को साइडमा राखेको मोबाइलमा पर्यों । मैले हतार हतार ढलेको पानीको वोटल उठाए र भने " सरी है झुकेर पोखियो ",

उ पनि हत्त न पत्त उस्को मोवाइल उठाइ र भनि "ओहो मेरो मोबाइलमा पनि पानी परेछ"

"केही त भाको छैन नि मोबाइल ?" मैले थप प्रश्न गरे

" झन्डै बिग्रेको तर कभरमा मात्र परेको रैछ "

 

बोल्ने वाहाना खोज्दै थिए पानीको वोटल ढलेर झन सहज बनाइदियो । टेवलको पानी भुईमा झर्दै भने "अनि झन्डै मोबाइल बिग्रेको मान्छेको नाम चैं के हो नी ?"

उ जिस्किने शैलीमा हास्दै भनी, " मेरो त नाम नै छैन नी "

मैले उस्को साइडमा राखेको कपी देखाउदै भने ," ए कुसुम पो नाम हो तिम्रो ?"

"कस्ले भनेको ?, मेरो त नाम नै छैन" उ अझै जिस्किने मुडमै थिई "

अनि त्यो कपीमा त कुसुम भनेर लेखेको रै छौ नि त ?"

"त्यो त कपीको नाम राखिदिएको मैले, कपीको नाम र मान्छेको नाम एउटै हुनु पर्छ भन्ने छ र ?"

"खै मैले त मेरो कपीको नाम पनि मेरै नाम राखिदिने गरेको छु"

उस्ले फेरी हास्दै भनी,"अनि म कहाँ हजुर हो त नी, म त म हो, कपीको नाम राख्दिने मान्छे"

"अनि कपीको त नाम राखिदिने मान्छेले आफ्नो नाम चै किन नराखेको नि त ?"

"कपी त मेरो थियो त्यइ भएर यस्को नाम मैले राख्दिएको, अब मलाई ' मेरो' सम्झने मान्छेले मेरो नाम राखिदिएन्न त म के गरुम"

"ओहो ! गफ त मिठो आउदा रैछ नाम नभएको मान्छेलाई"

"गफ जस्तो लाग्छ भने त गफ नै सही"

"अनि यो नाम नहुने मान्छे त मैले पहिलो पटक भेटे है यो संसार मा "

उ मुस्कुराउदै भनि " जिवनमा धेरै कुरा हरु पहिलो पटक नै भेटिन्छन् "

 

यसरी जिस्किसके पछि उनि सामान्य हुदै आफ्नो परिचय दिइ । कुसुम पौडेल नेपालमा घर चितवन यहां चै कोगराह भन्ने ठाउंमा बस्छु । त्यसपछि हामी केहि बेर कुराहरु साटा साट गर्यौ । एसाइन्मेन्ट गर्न ल्याव गएको म उनि संगको गफमा भुल्न लागेछु यतिकैमा काममा जाने आर्लाम बज्यो, उ संग बिदा मागेर म काम तिर लागे । काममा जाने बसमा चडे पछि फेरी फेस्बुक खोले र उस्को प्रोफाइल हेर्न लागे । फेसबुक बाट थाहा पाए उनि पनि म जस्तै भर्खर भर्खर अष्ट्रेलिया आएकी रहिछ । जे पर्ला पर्ला भनेर फ्रेन्ड रिक्वेस्ट पठाए, पठाएको केहि बेरमै रिक्वेस्ट एकसेप्ट भयो ।

"ओहो आफ्नो नाम नभएको मान्छेले त फेसबुकलाई समेत नाम राखिदिएको रैछ नि " म्यासेज पठाए

उता बाट रिप्लाईमा हासेको इमोजी मात्र आयो ।

यसरी हाम्रो सम्वन्धको वोलचालको अध्याय सुरु भएको थियो ।

-----बाकि अर्को भागमा

Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post