Overblog
Edit post Follow this blog Administration + Create my blog

--रातहरु--

June 4 2023 , Written by November Frost

किन यति सुन्दर छन्
यि रातहरू
ए रातहरु हो
तिम्रै आगमनले न हो
यी मानिसहरुले त्यो चन्द्रमाको मदुर्यता देखेको
तिम्रै आगमनले त हो
यी मानिसहरुले जुनकिरीको सुन्दरता बुझेको
तिमी नआउँदो हो त
बुझने थिएनन्
यि सुर्यमुखी सँग प्रेम गर्ने हरुले
पारिजातको महत्व
बुझ्ने थिएनन्
सुर्यलाई अर्ग दिनेहरुले
ताराहरुको अस्तित्व
तिमीलाई बदनाम गर्न खोज्नेहरुले त
यो भन्लान् कि
रात परे पछि नै हो
चोरी, डकैती र अपराध बढेको
तिनीहरुलाई के थाहा
लुट्नेहरुले त एका बिहानै
लुटिरहेछ आफ्नै बहिनीको अस्मिता
चोर्नेहरूले त मध्य दिनमै
खुलेआम चोरी रहेछ देशको ढुकुटी
अपराध गर्नेहरुले त
अपराह्नमै जलाइरहेछन् देशको झन्डा
यदि रातमा,
चोरी भएकै भए
चोरेका होलान्
प्रेमीहरुले प्रेमिकाको मुटु
लुटपाट गरेकै भए
लुटेको होला निष्टुरीहरुले
निर्दोष प्रेमिहरूको निन्द्रा
अपराध गरेकै भए
जलाएका होलान्
एक तर्फी प्रेम गर्ने हरुले
आफुले कहिल्यै व्यक्त गर्न नसकेका
भावना भरिएका चिठ्ठीहरु
साच्चै ए रातहरू हो
अब मलाई यति भनिदेऊ कि
यि जुन, तारा, जुनकिरीहरु भएर
तिमी यति सुन्दर भएकी हौ की
तिमी भएर यिनिहरु यति सुन्दर देखिएको ?
✍️ गोफ्ले

 

Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post