Overblog
Follow this blog Administration + Create my blog

याद

August 31 2017 , Written by November Frost

शिखा !!
तिमीलाइ थाहा छ ?
तिमीले मारेको त्यो 
हाम्रो प्रेमका चिहान वोरीपरी
मैले यादको बोटहरु छरेको छु
म हरेक दिन
त्यी बोटहरुमा आशुले सिचाइ गर्छु
मलाइ थाहा छ
यो बोटहरु एकदिन ठुलो हुनेछ
मलाइ त यो पनि थाहा छ की
यो बोटहरुमा मेरो लागी
खुसीको भन्दा नि मन चिड्याउने
तिम्रो र मेरो पुरानो प्रेमको फुल खेल्नेछ
अनि मन भारी बनाउने फल लाग्नेछ
म त यी बोटहरुमा त
केबल तिमी नै तिमी मात्र देख्छु शिखा
त्यी पातहरुमा तिम्रो र मेरो
तस्बिरको आकृति पाउछु
त्यी हाँगाहरु त झन
तिम्रो काधँ जस्तै लाग्छ
जहाँ पहिले म 
आफ्नोपनले टाउको अड्याउथे
र अहिले निराशापनले
त्यी हावामा फैलिएको 
मिठो सुभाषमा 
म तिम्रै गन्ध पाउछु शिखा
यो बोट हुर्किए सँगै
म हाम्रो हारेको प्रेमको
एक तर्फी विजय भएको पाउछु
र अचेल म हरेक रात
त्यो हामीले बुनेको 
सपनाहरुको आगों बालेर
तिमीले नपोली खरानी बनाएको मन लिइ
यी बोटको छहारीमा सुस्ताउछु
सायद यही अस्ताउछु

( गोफ्ले काजी )

Read more

आमालाई_प्रश्न

August 24 2017 , Written by November Frost

आमा !!
हेर्नुस त त्यो आकाशमा
चील जस्तै हावेजाहाज 
कोस्ले उडाउछ आमा त्यो हावेजाहाज ?
के मैले पनि उडाउन सक्छु त्यसै गरी ?

आमा 
हेर्नुस् न उ पर सडकमा
सर्प जस्तै गाड़ी
कस्ले गुडाउछ आमा त्यो गाडी ?
के मैले पनि गुडाउन सक्छु त्यसै गरी ?

आमा
म बिरीमी हुदाँ 
सेता कोट लगाउने मान्छेको मा किन लगेको ?
अनि के झुन्डाएको आमा उस्ले गाँटीमा ?
म पनि उ जस्तै बन्छु नि हुन्न ?
के गर्न पर्छ भन्दिनुस् न आमा 
म नि सेतो कोट लगाउने जस्तै बन्न ?

आमा
हामीलाइ पढ़ाउने गरुआमा त कती जान्ने रैछन्
A,B,C,D क,ख,ग,घ सबै आउछ
म नि गुरुआमा जस्तै बन्छु नी
के गर्नु पर्छ म गुरुआमा जस्तै जान्ने हुन ?
भन्निदिनुस् न आमा

आमा
त्यो टिभी भित्र मान्छेहरु बस्छन् हो ?
अनि त्यती धेरै मान्छे 
यति सानो टीभीमा कसरी आटाएको आमा ?
म पनि बनाउछु यस्तै धेरै मान्छे अट्ने टीभी ?
के गर्नु पर्छ भन्दिनुस्न यस्तै टिभी बनाउन ?

आमा
हेर्नुस् न कति ठुलो घर
को बस्छन् आमा यति ठुलो घरमा ?
कस्ले बनाउछ आमा यति ठुलो घर ?
म नि बनाउछु नि आमा 
यस्तै ठुलो घर 
के गर्न पर्छ भन्दिनुस् न आमा ?
यस्तै ठुलो घर बनाउन

Read more

म_मरेको_दिन

August 22 2017 , Written by November Frost

म मरेको दिन
साथीभाई छरछिमेक
अनि केही आफन्त भेला होला
आँखामा आशु लिइ
म जस्तै टपक्क टिपिएका
रँगीचँगी फुललाइ उनेर
भिराइयला मेरा घाँटीमा
बर्साउलान् फुलका गुच्छा
मेरा स्तिर एकलव्य लाशमा
शोकका धुनहरु बज्ला
कात्रोमा बेरेर कफन ओढाइ
हरियो बाँसमा बाधेर
बोक्लान् चार काधँमा
एकोहोरो शँख बजाउदै
झर्लान खोल्चीको बाटो हुदै
दुइ चार जाना मलामी सँगै
पुराइएला निर्जन घाटमा
सिसा झै दह्रो मेरो चिसो शरिर
बसाउलान् काठका चितामा
दनकाउला आगोका लाफ्काहरु
शहास नरहेको कलेवर
सधैका लागी खरानी बन्ला
मलामीहरु गुनगुनाउला
फ्याकला दुइ चार शब्द
कहिल्य नगरेको तारिफ गर्ला
जीउदो हुदा घाउमा नुन छर्कने आफ्नत
दुइ चार दिन नुन छोड्ला
तर यता
बुडेसकालको सहारा ठानेको
आफुले पुरा नगरेको सपना मानेको
मेरो बा-आमामा के बित्ला ??
आफु भन्दा अघी छोरा मरेको देख्दा
मेरो दिदी बहिनीमा को बित्ला
राखी बाँधी दिने हात नै नरहँदा
केही सान्तव्ना दिएर सम्झाउला
मेरो घरपरिवारलाइ
सायद यस्तै यस्तै होला
मैले संसार छाडेको दिन
कोही हाँस्ला कोइ रोलान
म अभागी मरेको दिन

Read more

हो_म_वेश्या_हँु

August 21 2017 , Written by November Frost

हो म वेश्या हुँ
मेरो चोली खोलेर
म टाल्छु चुहिने
मेरा घरको छानो
बेरीएको फरिया खोलेर
पुस्छु गरिबीले रुझेको
असिम सपनाहरु
आफु नाङ्गिएर
म ढाकीदिन्छु
मेरो बा-आमाको
कठ्याङरिएको शरिर
मेरा शरिर बेचेर
म किनी दिन्छु
मेरो भाईलाइ
भाग्य लेख्ने कापी र कलमहरु
मेरा स्तन देखाएर
म छोपी दिन्छु
मेरी बहिनीको
लाजको ताज
योवनका भोका व्बाँसोहरुको
प्यास भरिदिएर
स्वोयम पालिन्छु र पाल्छु
भोको मेरो घर परिवार
रण्डी,वेश्या अनेक नाम देलान्
सत्यसावित्री मेरो समाजले
तर मलाइ किन्चित प्रवाह छैन
किनकी म विवशतामा पिल्सिएको छु
गरिबीको बाध्यता अल्झिएको छु
अनि निर्धक साथ भन्छु
हो म वेश्या हुँ

ओइ "माल" ओइ "भालु" भन्ने
ए मेरो चरित्रवान पुरुषवाद समाज
सक्छस् त बन्द गर
मेरो यो बेश्या बजार
जहाँ म जस्तै हजारौं
वेश्याहरुले दोकान खोलेका छ
छोडिदेउ यहाँको ग्रहका बन्न
के सक्छ तिमी ?
अनि ए दिदीबहिनी
मलाई वेश्या भनेर बोलाउन अघी
त्यही नामले बोलाउ
आफ्नो लोग्ने र दाजुभाइहरुलाई
किनकी
मेरो वजारको मोलतोल गर्ने
उनिहरु नै हुन्

Read more

डर_लाग्छ

August 16 2017 , Written by November Frost

 

मिल्थ्यो त लुकी दिन्थे
तिम्रो परेलीमा
बादल सामु जुन लुके जस्तै
मिल्थ्यो त झुकी दिन्थे
तिम्रो अटुट र अथाह मायाको लागी
धानको बोट सामु बाला झुके जस्तै
मिल्थ्यो त पछ्याउथे
तिम्रो पछ्याउरी समाउदै
किनाराले खोला पछ्याए जस्तै
अनि मिल्थ्यो त बिछ्यी दिन्थे
तिम्रो सामु माया सगुनहरु
घाम सामु बिस्कुन बिछ्यीए जस्तै
तर डर छ
कतै बादलबाट
झरी बनेर खुली दिने पो हौ की ?
कतै किनार लाइ बिर्सेर
सागरमै भुली पो दिने पो हौ की ?

मिल्थ्यो त हराइ दिन्थे
तिम्रो मधुर बोली सँगै
सरगम सँग धुन हराए जस्तै
मिल्थ्यो त डराइ दिन्थे
तिम्रो हरेक कर्के नजरमा
घाम सँग ताराहरु डराए जस्तै
मिल्थ्यो त कराइ दिन्थे
तिम्रो हरेक दु:खमा
साँझ सँगै झ्याउकिरी कराए जस्तै
अनि मिल्थ्यो त बरबराइ दिन्थे
तिम्रो मायाको मातमा
मिठा निन्द्र सँगै सपनी बरबराए जस्तै
तर डर लाग्छ
कतै ताराहरुमै हराएर तिमीले
जुनलाइ नै बिर्सि दिने पो हौ की ?
कतै मिठा निन्द्रमा बिलक्षण भइ
सपनीमै तर्सी पो दिने पो हौ की ?

मिल्थ्यो त खोजी हिड्थे
हराएको तिमी
खोल्चाले दह, दहले खोला
खोलाले नदि र नदिले सागर खोजे जस्तै
मिल्थ्यो त रोजी दिन्थे
यो मायाको सिहाँसन
मुनाले मदन- मदनले मुनालाइ रोजे जस्तै
मिल्थ्यो त मेटी दिन्थे
घरी घरी बिझाउने अतित
पानिले झै बगेका पाइला मेटे जस्तै
अनि मिल्थ्यो त भेटी दिन्थे
हर्ष र उल्लशका साथ
बाधिँएको बाछाले आफ्नो आमा भेटे जस्तै
तर डर लाग्छ
मदानलाइ एक्लै पारेर संसारमा
मुनाले झै छाडी पो दिने पो हौ की ?
कतै तिमी नै त नया
अतित बनि अल्झी दिने पो हौ की ?

Read more

मैतिदेवी_डायरी

August 9 2017 , Written by November Frost

कतिलाइ हर्ष कतिलाइ पिडा दिदै आज पनि दिन ढल्यो,आकाशमा राता पहेलो लाली छोड्दै सुर्य ओझेल परिसकेको छ। एक्लोपन र निराशा मनमा कुच्लेर म कोठा बािहर निस्केको छु। एक पाहिला पनि अघी सर्न नचाहेको यि खुट्टाहरुलाइ जबरजस्ती चालिरहेको छु । सधै झै चप्पल प्याट प्याट पड्काउदै आज पनि म मैतिदेवी मन्दीरमा होमिदै छु । साँझ झम्क्कै भएर छिप्पीसकेको छ, तर यहाँ हाम्रो गाउँमा जस्तो न झ्याउकिरी नै कराएको छ न त भ्यागुता ट्वार ट्वार गरेको सुनिन्छ। झ्याउकिरी र भ्यागुताको ठाँउमा यहाँ मोटर गाडीहरु कराउदै छन् र जुनकिरी झै बत्ती बालेर आफ्नो आफ्नो गन्तव्य तिर लम्किदै छन् ।

कपड़ा पसलहरुमा भिड छ सायद तिज नजिकिएर होला। पसलेको भइयालाइ साड़ी र अन्य लत्ताकपडा देखाउन भ्याइ नभ्याइ भइरहेको छ। त्यसै पसलको बहिरको पेटीमा च्यातिएको फाटेको लुगामा एक बुढा बा' मिठो निद्र लिएर सुतिरहनु भएको छ। दृश्यहरु पछी पर्दै म पुर्ण पैदल यात्री बनिरहेको छु । म मैतिदेवी चोक आइपुगेर टक्क अड्डिन्छु। यता उति हेर्छु सबै व्यस्त आफ्नो आफ्नो धुनमा छन् हुन त को नै आर्काको धुनमा हुन्छन् र ? बेटरी सक्किएको घडीको सुइ जस्तो म ठिङ्ग उभिएर यी व्यस्त जीवन नियाल्दै छु। चोकको अर्को कुनामा एउटी बुडी आमा तरकारी लिएर बेच्न बसेकी छिन्। भोको पेटले बच्चा, जवान,बुडो केही नभन्दो रहेछ त्यसैले त यि बुडी आमाले यतिको उमेरमा नि तरकारी बेच्न बाध्य हुनुभएको होला।

यि काठमाण्डूको धुलो धुवा फोक्सोमा ठेल्दै म क्रमश लम्किदै छु। मेरो देव्रे पट्टी एउटा मासु पसल छ। कुनैबेला उस्ले मेरो मन कुट्याए जस्तै कसाइ छ्याकछ्याक पार्दै मासु कुड्क्याइ रहेको छ। एउटा कुकुर मासु खाने आश लिएर मासु काटिरहेको पसले साउमाथी आँखालाइ बिसराम नै नदिइ हेरिरहेको छ। यस्कै अघिलो तिर दुइटा खसी घाँटीमा दाम्लो लगाएर बाधिँएको छ। सायद आजको रात नै यिनिहरुको आन्तिम रात होला। भोलीको बिहानी देख्न नपाउदै यिनीहरु मानिसको घर घरमा कुकरको सिठ्ठी बनेर बज्नेछ होला।

काठमांडुको सड़क र मेरो जीवन म उस्तै पाउछु ' अव्यवस्थित'। सड़कों पेटीहरुमा बालुवा र गिट्टि थुपारिएको छ। अलि पर पट्टी सडक खाल्टो परेर पानि जमेको छ मानौ यि मेरो मनमा यादहरु जमे जसरी जहाँ टलपल भएर जमिरहेको छ उनको याद। कहिले काही छच्लकाइदिन्छे 'के छ खबर तिम्रो' जस्तो म्यासेज गरेर। यस्तै कुराको डुबुल्की मार्दै म मैतिदेवी मन्दिर आइपुगेको छु । घण्टहरु बजेर मन्दिर गुन्ज्यमान भएको छ।धुप र कपुरको मिठो सुगन्धले मन्दीर अझ बास्नदार बनेको छ।म मन्दिरको एक परिक्रमा लगाउछु र मुल ढोकामा गएर केही बेर शिर निउराएर नमस्कार गर्छु। मानिसहरुको चहलपहल निकै देखिन्छ मन्दीरमा कोइ बत्ती बाल्दै छन् कोही घण्ट बजाउदै कोइ यता उता ओहोरदोहोर गरिरहेको छ। मन्दिर यस्तो ठाउ हो जहाँ मानिस एक दुइ रुपयेको भेटी चडाएर लाखौ करोड़ों माग्ने गर्दछन्। मन्दिरको एक कुनामा प्रेमिल जोडी गफमा मस्त छन्। एक अर्काको हात समात्दै सायद उनिहरु आफ्नो भावना पोखिरहेको होलान् । कामना गर्छु मेरो जस्तो यिनिहरुको जोडी नछुटुन्।

मन्दिर बाट बािहर निस्कन्छु। पर एउटा मदेशी मुलुकको दाजु पान बनाउदै गरेको देख्छु। म त्यतै लमकन्छु र उस्लाइ मिठा पान बनाउन आग्रह गर्छु। उ मेरो मुखमा हेर्दै मुसुक्क हाँसेर हव्स भनी बनाउन थाल्छन्। म यता उती हेर्छु । एकछिनमै उ पान बनाएर मलाइ दिन्छ। म उस्लाइ पैसा तिरेर कोठा तिर लाग्छु। अक्सर यँहा मायालाइ प्रेमको पात सँग तुलना गरिन्छ यसै बाट प्रश्ट हुन्छ कि माया भनेको चपाउने मिठास लिने अनि थुक्ने, अनि अचेल भएको पनि त यही हो

Read more

अनलाइन

August 3 2017 , Written by November Frost

जब उस्ले मलाइ
अनलाइन बोलाइ
मेरो मन, पेट आन्द्रभुँडी
सबै सबै खोलाइ
कहिले हाँसेर बोलाइ
कहिले केही कुरा पछी भन्छु 
भन्दै सँाचेर बोलाइ
कहिले कुरा गर्दा गर्दै
झन्नक रिसाएर बोलाइ
त कहिले मुटुमै च्वँस्स
लाग्ने गरी बझाएर बोलाइ
मेरो होस् हवाश सबै 
आफु तिर तानेर उस्ले

अनलाइन आउनुस् न भन्दै
मिसकल हानेर बोलाइ

कहिले थाङ्ने कुरो
त कहिले बक्मफुसे
गफ गर्दै अल्झााएर बोलाइ 
पुरानो स्मृति पल्टाएर
अतित फेरी ताज़ा बनाइ
घाउहरु बल्झाएर बोलाइ
म रिसाए जस्तो गर्दा
'अइ एम सरी' भन्दै
कुराहरु सुल्झ्याएर बोलाइ
मैले भनेको सबै
कुराहरु मानेर उस्ले
अनलाइन आउनुस् न भन्दै
मिसकल हानेर बोलाइ

हजुर त उल्लु,बाँदर,पागल
अनेक नाम राख्दै बोलाइ
हजुरको दिलमा राख्नु न भन्दै
ठाम माग्दै बोलाइ
खुसी हुदाँ लभ यू,मिस यू
कहिले त किस यू गर्दै बोलाइ
उस्ले भनेको नहुदाँ
घुर्की लगाउदै रिसाइ
फेरी एकछिनमै 
मलाइ फकाउनु भन्दै बोलाइ
थाहा छैन उस्ले
जानी वा नजानेर बोलाइ
अनलाइन आउनुस् न भन्दै
मिसकल हानेर बोलाइ

Read more