Overblog
Follow this blog Administration + Create my blog
Novemberfrost.over-blog.com

बसन्तपुर डायरी

November Frost

"डल्ली भएर त हजुर को मनमा सजिलै अटाएको छु त" मेरो काँधमा टाउको राख्दै चेपारे बोलीमा बोल्छे। "तिमी जस्तो डल्ली त मेरो मनमा अझै दुई जना अटाउँछ" म उसलाई जिस्काउछु, "त्यै दुइटी सँग भेट्न जानु नि त, किन म सँग भेट्न पर्यो ? " उनी रिसाउँछिन् । उसलाई रिस उठाउनु र फकाउनु मेरो आजभोलिको दैनिकी हो। वसन्तपुर भीड छ, पर्यटकहरु र मायालुहरुको । माजु देवल मन्दिर परिसरको प्रतेक खुड्किलोमा जोडी छन् । पर्यटकहरु तस्बिर कैद गर्न व्यस्त छन् मायालुहरु माया गर्न। उनी आफ्नो मोबाइलको क्यामेरा खोलेर मेरो हातमा थमाउँछे । म उसको फोटोहरु खिच्दिन्छु । "हजुरको र मेरो फोटो नि खिच्ने", उनी मेरो अगाडि मोबाइल राखेर फोटो खिच्छे। "अलि...