साउन
हरियो वनपाखा झै
सृंङ्गारिन्छौ तिमी
सुगँाको भेसमा
तानेर यी लालहित मन
आफ्नै देशमा
जहाँ उड्छौ बोकेर
मायाको सौगातहरु
पुरेर अतितका आघातहरु
मिहेन्धीको सहारा लिइ
मनमा लेखिएको नाम
सजाउछौ आफ्नो हातहरु
परि जस्तै बन्छेउ र त
मन रङ्ग्याने गर्छ
तिमीलाइ नै हेर्न त
सधै साउन आउने गर्छ
छनछन गर्दौ
हरिया पहेलो चुराबाट
बजाउदै मधुर धुनहरु
फेरी पुर्याउछौ आफ्नै साम्राज्यमा
सजाउदै प्रेमका फुलहरु
राख्छौ मायाको गद्दीमा
बेरिदिन्छौ, कसिदिन्छौ
अटुट विश्वाशको परिधीमा
त्यसैले लाग्छ
यस्तै रुप हेर्न त
बर्षै साल धाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ
गुलाबी अधरबाट
उघारछौ निश्चल हाँसोहरु
ललाउदै फकाउदै
थाप्छौ मायाको पाँसोहरु
फोरेर त्यी मुस्कान सँगै
चोरेर यी मनहरु
डुलाउछौ आफ्नै सहरहरु
हरेक स्पर्श हरेक हेराइले
गाढा बनाउछौ हरेक प्रहरहरु
यति माया गर्छौ र त
मन चुलबुलाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ
भोक सुर्ता नमानी
मेरै लागी व्रत बस्छौ
म तिम्रै त हुँ
किन यति कष्ट गर्छौ ?
सम्बन्धमा दाग लाग्नै दिन्नौ
माया पनि कति स्पष्ट गर्छौ
कहिले काही त अरु महिना
कहिले नआओस् जस्तो लाग्छ
यो साउन महिना कहिले
नजाओस् जस्तो लाग्छ
यस्तै यस्तै कुराले त
मन हर्षाउने गर्छ
तिमीलाइ नै हेर्न त
सधैँ साउन आउने गर्छ
प्रयास
उ सोच्दै छ
अनि खोज्दै छ
सजाउदै छ नयाँ सपना
उ बनाउदै छ एउटा रँगिन चित्र
जहाँ निराशा, उदासता र आबेगको
रगँहिन मसिहरु छ
कहिले उ गल्तीले लड्छ
कहिले लडाउछन् आफ्नाले
तर उ हार मान्ने मा छैन
किनकी उ सँग सहस छ
अनि पुर्ण विश्वास
उ उठ्छ
झुनो आश बोकर
बनाउछ सपनाको जहाज
किनकी उस्लाइ थाहा छ
विमानमा उडान भर्नु अघी
सपनाको पखेटा हाल्नु पर्छ भनेर
उ उड्न थाल्दा
कयौ चोटी उसको पखेटा भाँचिएको छ
कयौ पटक पछारिएको छ
त कयौ बल्ड्याङ सँगै बझारिएको छ
तर उ फेरी पनि उठ्छ
उस्लाइ थाहा छ
घाम जादैमा अन्धकार हुदैन
किनकी उ रातको चम्किलो तारा र
गोलो रोटी जस्तो जुनसँग
रमाउन सिक्दैछ
किन_बा'
बा'
किन यति अबेर सम्म सुत्नुभएको बा'??
अनि,
किन ओछ्यानमा नसुतेर बहिर आउनु भएको त बा' ??
म भन्दा अल्छी हुनुभयो कि क्या हो तपाइ??
हेर्नुस त घाम डाँडामा आइसक्यो
बिहान सबेरै उठ्नु पर्छ भनेर सिकाउने
अनि आज आफै यति ढिलो किन त बा'??
बा'
हेर्नुस्न
सबै आफ्नत र गाँउलेहरु
किन आएका हाम्रो घरमा??
बा' सोध्नुस् न यिनीहरुलाइ
किन आएका भनेर ??
अनि बा'
किन टोलाएका यि गाँउलेहरु??
अनि किन रुदैहुनुन्छ आमा तपाईलाई आँगालेर??
नरोउ भन्नुस् न बा' यिनीहरुलाइ
सम्झाउनुस् न बा' यिनीहरुलाई
अनि पुछ्दिनुन् आमाको आँसु
तपाई पनि आँगाल्नुस्न आमालाई
किन बा' किन ?
किन केही बोल्नुहुन्न ?
किन केही गर्नुहुन्न तपाई ?
बा' !!
हाँस्नुस्न एकचोटी
सुनाउनुस्न त्यी तपाइको पल्टने गफहरु
सुनाउनुस्न हजुरबुवाको र पुर्खेउली गाँउको बारे
अनि,सोध्नुस् न मलाई रमाइला गाउँखाने कथाहरु
भन्नुस्न त्यी एकादेशको कथाहरु
भन्नुस्न के बा'
म सुन्छु नि
अल्छी नमानी सुन्छु नि
बा'
उठ्नुस्न अब
लगाउनुन त्यो किल्लामा अड्काअको जरिकोट
अनि भिर्नुस्न त्यो टेबलको चस्मा
अनि घुमाउन लैजानुन मलाइ त्यो पारी गाउँतिर
मलाइ केही किनदिनु पर्दैन के बा'
उठ्नुस्न बा'
लैजानुस्न के मलाइ घुमाउन
बा'
किन नबोल्नु भाको ?
किन रिसाउनु भाको ?
मैले के गरे र बा' ?
मैले नपढ्को भएर रिसाउनु भाको हो र बा' ?
कि मैले चकचक गरे र ?
किन त बा' ?
किन म सँग नबोल्नु भाको
म सँग रिसाए नि
बोल्दिनुस्न आमा सँग
बोल्दिनुस्न बा' बोल्दिनुस्
एकचोटी त बोल्दिनुस्
बा'
ठुलबुवाले भन्नुभाको
तपाई नि अब भग्वानको घर जाने रे हो त ?
को हो यो भगवान भनेको ?
किन जाने बा' त्यसको घर ?
के छ बा़' त्यसको घरमा ?
हजुरबूवा पनि त जानु भाको थियो नि
अनि खै त आउनु भाको ?
के तपाइ पनि हजुरबुवा जस्तै आउनुहुन्न ?
त्यसो हो भने लैजानुस्न मलाइ पनि
म पनि जान्छु नि
म पनि हेर्छु नि भग्वानको घर
हुन्न बा' ??
( गोफ्ले काजी )