Overblog
Follow this blog Administration + Create my blog

मङ्शिर डायरी

December 12 2020 , Written by November Frost

रुसा र म एकै गाउको साथी थियौ । रुसाको घर मेरो भन्दा तिन घर तल थियो। स्कुल पढ्दा हाम्रो खासै कुराहरु हुन्थ्येन । उनि बजारको बोडिङ पढ्थी म गाउकै स्कुल। दश कक्षा  सम्म पढ्दा उस्को र मेरो खासै कुराहरु हुन्थिएन, अझ भनुम भने कहिले काही भेट हुदा कुरा हुन्थ्यो । पछि हामी वजारकै एउटै कलेज पढ्यौ । उनि एस एलसीमा राम्रो अंक आएको र पढाइमा नि राम्रो भएकीले उस्ले विज्ञान संकाए रोजीन, म हिसाब  र विज्ञानमा कमजोर थिए त्यसैले कर्मस रोजे।

कलेज पढ्न थाले पछि हाम्रो भेट बाक्लिन थालेको थियो । उस्को प्रयाक्टिकल कक्षा अलि चाडै सुरु हुने भएको ले उनि म भन्दा एक घण्टा अगी नै कलेज जान्थिन । हाम्रो भेट प्राय कलेज बाट घर फकर्ने बेलामा धेरै हुन्थ्यो । सुरु सुरुको  दिन "के छ ?","कस्तो भयो त आजको दिन" जस्तो सामान्य कुरा बाट हाम्रो कुरा सुरु हुन्थ्यो । पछि पछि कलेज बाट घर फकर्ने बेला हामी एक अर्कालाई दिन भरी के के भयो सुनाउने रुटिन जस्तै भएको थियो । प्राय हामी कलेज सकिए पछि बाटोमा भएको  चट्पटे पसलमा चटपटे खान छिर्थेउम् । म संग खासै पैसा हुन्थेन प्राय उनि नै मलाइ चट्पटे खुवाउथिन । चटपटे खादा मेरो पिरोले नाक भरी पसीना आउथ्यो, उ जिस्केर भन्ने गर्थी "तिमीलाई हुनेवाला तिम्रो बुढीले खुव माया गर्छे जस्तो छ"
म जिस्किएर थपिदिन्थे " किन तिमी चै माया गर्दिनौ र मलाई ?" उ राता राता गाला पर्दै हास्दै भन्थी " अनि म काँ तिम्रो बुढी हुं त ? म मुसुक्क हासेर भनिदिन्थे "भविष्य कस्ले देख्या छ र ?" उ लजाउदै  भन्थी "चुप बाँदर" ।

रुसा मिजासिली स्वभावकी थिइ । पृष्ठभूमी खान्दानी र धनी नै भए पनि उसमा त्यसको अलिकती नि अहम थिएन । उनि सवै संग मिलनसार थिइ र सवै संग हासेरै बल्थी । मलाई उस्को यहि बानी सवै भन्दा प्रिय लाथ्यो। उनि खाइलग्दो  हिष्टपुष्ट थिइन । स्याउ जस्तो गोला अनि राता अनिहार , पोक्चो गाला, गुच्या जस्ता आखा, काला सलक्क परेको कपाल, बान्की परेको शरिर,ठिक्कको उचाई थियो उस्को । मान्छे अलि मोटी भएर होला उसलाई अलि डल्ली डल्ली देखिन्थ्यो । त्यसैले म उसलाई "डल्ली" नामले बोलाउथे ।
डल्ली भनेर बोलाउदा उ अलि रिसाए जस्तो गरेर मलाई "लुरे", "बांस", "सिन्का" भन्दै अनेक नामले बोलाउथिन ।

उसको घर तिनै घर तल भए पनि हामी गाँउमा भने खासै भेटदैन थियौ। एक दिन कलेज बाट घर फर्कदा वेस्सरी हावा चल्यो। हामी बाटो छेउको एउटा पसलमा एकछिन बस्यौ । हुरी अलि सामान्य भए पछि हामी फेरी घर फर्कन बाटो तिर लाग्यौ। उनि जिस्किन थालिन "तिमी लुरेलाई त झन्डै उडाको है हावाले, अब देखी गोजीमा ढुड्गा हालेर हिड्नु के है " यति भन्दै उनि बाटोमा जोड जोडले हास्दै थिइ । मैले पनि मुसुक्क हासेर भनिदिए  " मन त नजिकै भएको ति सालिग्राम जस्ता गोलो र डल्लो मान्छेलाई मन मै राखेर हिड्न मन थियो नि ?" उनि लाजले राता हुदै "हल्ला नगर गफाडी भन्दै" हास्न थालिन । कलेज जादा आउदा सधैको भेट र भेट नहुंदा फेस्बुकको च्याटले उ र म धेरै नजिकिएको थियौ। अझ भन्नौ म उस्को प्रेममा डुवुल्की मार्न थालिसकेको थिए । उस्ले म प्रति गर्ने व्यवहारले यो प्रष्ट थियो कि उनि पनि म संग गहिरो प्रेममा दे। तर हामी एक अर्कालाई मुख खोलेर भन्न सकेको थिएनौ ।

अरु वर्ष भन्दा मलाई कलेजको वर्ष चाडै विते जस्तो लाग्यो। एघार सकियो, हेर्दाहेर्दै बाह्र सकियो । बाह्र पछि उनि नर्सिङ पढ्न काठमान्डौ जाने भइन। हाम्रो कुराहरु अब भेट मा नभएर फेसबुक र भाइवरमा हुन थाल्यो । उनि बेला बेलामा घर आउथिन उ घर आएकी बेला हामी सधै कतै न कतै घुम्न जान्थेउ। हाम्रो बारे उसको र मेरो घरले साथी साथी जसरी लिएका थिए। उनिहरुलाई थाहा थिएन सम्बन्ध साथी बाट कयौ हद माथी पुगिसकेको भन्ने ।

राती अवेर सम्म मुभी हेर्दै रुसा संग च्याट गर्दै थिए त्यसैले विहान आठ बजे सम्म म ओक्ष्यान मै पल्टिरथें। बा घरी घरी मेरो रुममा आएर " छिटो उठ है गधा ! कति सुत्छस् ? भनि भन्दै हुनुन्थ्यो म बा को कुरा अटेर गरेर सुतिरहेको थिए । 

नौ बजे तिर बहिनी रुममा नछिरी, ढोकै बाट ओई दाई! आज रुसा दिदी लाई हेर्न त केटाहरु आउदै छन रे त !! थाहा पाइस् ?
बहिनी प्राय म संग जिस्किरहन्थी, विहान विहान किन जिस्किन्छस् है दाह्रे, जा गएर पढ् तेरो वाह्रको इक्जाम हैन पर्सी बाट ? मैले उस्लाई हप्काए। "मैले त था पाएको कुरा तलाई भन्देको हो, अब पत्याए पत्या ! नपत्याए नपत्या" भन्दै  बहिनी तल तिर लागी ।

बहिनी म भन्दा चार वर्ष कान्छी छे, तर बोलाउदा भने  दाई अनि तँ भन्छे, मलाई नि उस्ले दाई संग तँ ले संवोधन गरेको सारै खुसी लाग्छ । उस्ले तँ भन्दा मिल्ने साथी झै  आवाश हुन्छ । 

बहिनीको कुरा पत्यार लागेन । गित सुन्दै गरेको मोबाइल बन्द गरे र फेस्बुक खोले । हिजो राती रुसा संग अवेर सम्म कुरा गर्दा मलाई यस बारे उस्ले कहि भनेकी थिइन । रुसा अनलाइन नै रैछे च्याटमा गएर औपचारिक म्यासेज पठाए "कति बेला उठेकी डल्ली ?" म्यासेज पठाएको एकछिन मै उसको नामको तल एक्टिभ टु मिनेट अगो भनेर देखायो । 

बैशकको घामले विहान नौ बजे नै घरको जस्ता पातालाई आगो बनाइसकेको थियो। माथी कोठमा बसिराख्न सारै गर्मी हुन्थ्यो । तल झरे, बहिनीले चाया खान्छस् दाई ? भनेर सोधी । मैले 'अँह' मात्र उत्तर फर्काए। बहिनीले थपी 'के खान्थ्यिस् त मैले बनाको चिया त्यइ रुसाले बनाको चिया खान्थिस् होला नी !' 'साच्चै त्यइ नि रुसा दिदीले त आज तलाई हैन अरु हरुलाई नै चिया खुवाउदै होला' भन्दै हासी । मैले त अघी रुसा दिदीकै ममीले भनेको सुनेको यती भन्दै उ अन्तै लागी । पछि आमा पनि बहिनीले विहान भनेको कुरा गर्नु भो । मलाई अब बहिनीको कुरा हो कि  झै लाग्न थाल्यो । हत्तनपत्त कल गरे रुसालाई लास्ट धन्टी जादा सम्म नि फोन उठेन । सधै दुइ तिन घन्टीमै फोन उठ्ने उसको आज फोन उठेन । फेसवुक खोले अघिन पठाएको म्यासेजको रिपलाई अझै आएको रएनछ ।

बहिनी र आमाले भन्नु भाको कुरा पत्यार लागेन आफै कुरा वुझ्न उस्को घर छेउ हुदै चोकतिर झर्ने विचार गरे । उस्को घरको बाटो निर दुइटा स्कपिर्यो गाडी देखे। मुटुको धड्कन एकाएक बढ्न थाल्यो । सास फेर्न गारो होला झै भयो । हिजो रात भरी ठट्टा गर्दै गफिएको कुराहरू मानसपटलमा आए । हतार हतार घर फर्के वहिनीलाई बोलाएर सोधे उस्को उत्तर अझै त्यइ थियो ।

फेसवुक खोले म्यासेज सिन भएको रैछ रिपलई आएन, मलाई भाउन्न हुन थाल्यो। म उसको कल र म्यासेजको प्रतिक्षामा कर्न थाले । बेलुकाको पाँच बज्यो न त कल आयो न त म्यासेज । फेरी कल गरे फोन काटियो। डाइरेक्ट म्यासेज गरे "आज तिमीलाई हेर्न केटा हरु आएका थिए रे हो त ?" म्यासेज डेलिर्वड भयो रिपलाई आएन । यहि म्यासेज पुर्न फेसवुकमा पठए अनि प्रतिउत्तरको प्रतिक्ष्यामा बसिरहे। बहिनी टुप्लुक्क आई " दाई रुसा दिदीको त आउने मङ्शिमा २४ गते विहे फिक्स भयो रे नि ? अमेरिकाको ग्रिन र्काड वाला केटा रे"

मलाई एक्कासी रिङ्गटा लाग्यो । मुटुमा एकै चोटी दश वोटा भाला रोपे झै हुनथाल्यो। आफु बसेको जमिन तल तल भासिए झै भयो। भुकम्पले पर्खाल गर्ल्याम ढालेर थिचे जस्तो , सनासोले रुर्द घन्टी च्यापे जस्तो भयो । के भयो दाई ठिक छस्' बहिनी एक्कसी कराई । केहि हैन ठिकै छ,जा त पानी ले ! बहिनीले पानी लेराई, पानी खाए । दिमागले केही सोच्न सकिराको थिइन । खाना खाने बेला भयो, आमाले बोलाउन भयो । खाना थोरै जुठो लगएर छोडिदिए, अनि कोठामा आए ।

फेसबुक खोले रुसा अनलाई रैछे तर म्यासेजको रिपलाई आएको रैनछ । फेरी म्यासेज गरे " बोल्न नहुने भएको हो र ?" एकछिनमा म्यासेज आयो

रुसा- "हैन"

अनि खै त सोधेको कुराको उत्तर ?

रुसा-" के कुरा"

'केटा हेर्न आएको थिए रे त तिमीलाई'-

म्यासेज सिन भयो रिप्लाई आएन

एकछिनमा छोटो उत्तर आयो

"अं"

उत्तर थाहा हुदा हुदै पनि उस्कै मुख बाट सुन्न

"अनि के भयो त कुरा"? पुर्न प्रश्न गरे

ढिला जवाफ आयो

"मैले त हुदैन भनेको मम्मी बावाले हुन्छ भनेर फिक्स गर्दिनु भएछ"

"केटा के गर्छ रे" प्रश्न गरे

छोटो उत्तर आयो

रुसा- "अमेरिकामा बस्छ"

अरु धेरै प्रश्न सोध्न मन थियो तर सोध्न जरूरी सोचिन 

"ए राम्रो ठाउको केटा पाएछौ बधाई छ तिमीलाई"

यति भनेर फेसवुक बन्द गरे।

त्यो रात भरी निन्द्र लागेन। दिमागमा स्मृतीका भुमरीहरू चलिरयो । पहिलो चोटी संगै कलेजको गएको सम्झना आयो, फर्कदा हास्दै गिजिदै रमाइला कुराहरु गरेको, खेलेको, घुम्न गएको एक एक गर्दै मानसपालमा ओहोर दोहोर गरिरहे । कति बेला निदाएछु था नै पाइन ।

विहान उठे फेस्बुक खोले, उस्लाई ट्याग गरेर उस्को मामा की छोरीले फोटो हालेकी रैछे "Congratulation Dear for new beginning of your life"
फोटो हेर्ने सकिन, एकाएक आँखाका डिल भरिए तप्प मोबाइलमा आशु खस्यो । फेस्बुक पनि उझाड लाग्न थाल्यो । फेस्बुक डिइएक्टिभेट गर्ने सोचमा पुगे। डिइएक्टिभेट गरे।

कुनै बेला सयौ म्यासेज आउने मेरो इनबस् खाली छन् अचेल, दिनमा दश बाह्र चोटी उसको नम्बर दाब्ने यि औलाहरू स्तिर छन् आज। विहान "गुड मर्निङ" देखी बेलुका गुड नाइट सम्म सुन्ने कानहरू सुन्य छन् आज। भोली मङ्सिर २४ अर्थात उस्को विहेको दिन। सारै राम्री देखिन्छ होला उस्लाई बेहुलीको पहिरनमा । कुनै बेला मैले बेहुलीको भेषमा कल्पना गरेको परी जस्तै ।

#मङ्शिर_डायरी

Read more