Overblog
Edit post Follow this blog Administration + Create my blog
Novemberfrost.over-blog.com

आमालाई_प्रश्न

November Frost

आमा !!
हेर्नुस त त्यो आकाशमा
चील जस्तै हावेजाहाज 
कोस्ले उडाउछ आमा त्यो हावेजाहाज ?
के मैले पनि उडाउन सक्छु त्यसै गरी ?

आमा 
हेर्नुस् न उ पर सडकमा
सर्प जस्तै गाड़ी
कस्ले गुडाउछ आमा त्यो गाडी ?
के मैले पनि गुडाउन सक्छु त्यसै गरी ?

आमा
म बिरीमी हुदाँ 
सेता कोट लगाउने मान्छेको मा किन लगेको ?
अनि के झुन्डाएको आमा उस्ले गाँटीमा ?
म पनि उ जस्तै बन्छु नि हुन्न ?
के गर्न पर्छ भन्दिनुस् न आमा 
म नि सेतो कोट लगाउने जस्तै बन्न ?

आमा
हामीलाइ पढ़ाउने गरुआमा त कती जान्ने रैछन्
A,B,C,D क,ख,ग,घ सबै आउछ
म नि गुरुआमा जस्तै बन्छु नी
के गर्नु पर्छ म गुरुआमा जस्तै जान्ने हुन ?
भन्निदिनुस् न आमा

आमा
त्यो टिभी भित्र मान्छेहरु बस्छन् हो ?
अनि त्यती धेरै मान्छे 
यति सानो टीभीमा कसरी आटाएको आमा ?
म पनि बनाउछु यस्तै धेरै मान्छे अट्ने टीभी ?
के गर्नु पर्छ भन्दिनुस्न यस्तै टिभी बनाउन ?

आमा
हेर्नुस् न कति ठुलो घर
को बस्छन् आमा यति ठुलो घरमा ?
कस्ले बनाउछ आमा यति ठुलो घर ?
म नि बनाउछु नि आमा 
यस्तै ठुलो घर 
के गर्न पर्छ भन्दिनुस् न आमा ?
यस्तै ठुलो घर बनाउन

To be informed of the latest articles, subscribe:
Comments