Overblog
Edit post Follow this blog Administration + Create my blog
Novemberfrost.over-blog.com

डर_लाग्छ

November Frost

 

मिल्थ्यो त लुकी दिन्थे
तिम्रो परेलीमा
बादल सामु जुन लुके जस्तै
मिल्थ्यो त झुकी दिन्थे
तिम्रो अटुट र अथाह मायाको लागी
धानको बोट सामु बाला झुके जस्तै
मिल्थ्यो त पछ्याउथे
तिम्रो पछ्याउरी समाउदै
किनाराले खोला पछ्याए जस्तै
अनि मिल्थ्यो त बिछ्यी दिन्थे
तिम्रो सामु माया सगुनहरु
घाम सामु बिस्कुन बिछ्यीए जस्तै
तर डर छ
कतै बादलबाट
झरी बनेर खुली दिने पो हौ की ?
कतै किनार लाइ बिर्सेर
सागरमै भुली पो दिने पो हौ की ?

मिल्थ्यो त हराइ दिन्थे
तिम्रो मधुर बोली सँगै
सरगम सँग धुन हराए जस्तै
मिल्थ्यो त डराइ दिन्थे
तिम्रो हरेक कर्के नजरमा
घाम सँग ताराहरु डराए जस्तै
मिल्थ्यो त कराइ दिन्थे
तिम्रो हरेक दु:खमा
साँझ सँगै झ्याउकिरी कराए जस्तै
अनि मिल्थ्यो त बरबराइ दिन्थे
तिम्रो मायाको मातमा
मिठा निन्द्र सँगै सपनी बरबराए जस्तै
तर डर लाग्छ
कतै ताराहरुमै हराएर तिमीले
जुनलाइ नै बिर्सि दिने पो हौ की ?
कतै मिठा निन्द्रमा बिलक्षण भइ
सपनीमै तर्सी पो दिने पो हौ की ?

मिल्थ्यो त खोजी हिड्थे
हराएको तिमी
खोल्चाले दह, दहले खोला
खोलाले नदि र नदिले सागर खोजे जस्तै
मिल्थ्यो त रोजी दिन्थे
यो मायाको सिहाँसन
मुनाले मदन- मदनले मुनालाइ रोजे जस्तै
मिल्थ्यो त मेटी दिन्थे
घरी घरी बिझाउने अतित
पानिले झै बगेका पाइला मेटे जस्तै
अनि मिल्थ्यो त भेटी दिन्थे
हर्ष र उल्लशका साथ
बाधिँएको बाछाले आफ्नो आमा भेटे जस्तै
तर डर लाग्छ
मदानलाइ एक्लै पारेर संसारमा
मुनाले झै छाडी पो दिने पो हौ की ?
कतै तिमी नै त नया
अतित बनि अल्झी दिने पो हौ की ?

To be informed of the latest articles, subscribe:
Comments
B
wah wah wah
Reply