Overblog
Edit post Follow this blog Administration + Create my blog

तिमी अनि म

April 28 2018 , Written by November Frost

फेन्सीका महँगो महँगो लुगा लगाउने सँग हिड्ने तिमी
म पोहोर सिलाएको च्यातिएको सर्टमा हल्का रफ गरेर हिड्ने सँग घुम्न सायद लाज लाग्ला तिमीलाइ

डुक,बुलेटको पछाडी मस्किदै हिड्ने तिमी
म तिन चोटी गाँसेको पाएल चप्पल लगाएर हिड्ने सँग घुम्न जान सायद लाज लाग्ला तिमीलाइ

महँगो महँगो डिस्को बारमा नाच्न रमाउने तिमी
म रेडियोको गित सँगै नाच्ने सँग नाच्न
सायद नसुहाउला तिमीलाइ

ठुला ठुला क्याफेमा कफी खान मनपराउने तिमी
मैले खाने त्यो सानो घुम्तीको चिया
सायद मननपर्न सक्छ तिमीलाइ

सधै चिल्ला कारमा सफर गर्ने तिमी
म स्टुडेन्ट कार्ड देखाउदै भाडा तिर्ने सँग हिड्न
सायद अफ्ठेरो लाग्ला तिमीलाइ

बडी लोसन र भेस्लिनले नरम भएको तिम्रो हात
मेरो कोदाली खनेको हातले छुदा
सायद बिझाउन सक्ला तिमीलाइ

गार्मेन्ट र कार्पेट ओछ्याइएको घरमा बसेकी तिमी
मेरी आमाले सधै रातोमाटो पोत्ने दैलोमा टेक्न
सायद फोहोर लाग्ला तिमीलाइ

बिहान बेलुका कुकुर डुलाउदै हिड्ने तिमी
म दिन भरी गाइ बाख्रा चराउने सँग
सायद जोडी नमिल्ला तिमीलाइ

ठुलठुला घरमा बसेकी तिमी
मेरो टाउको निहुराएर छिर्न पर्ने घर
सायद धेरै नै सानो लाग्ला तिमीलाइ



Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post