Overblog
Edit post Follow this blog Administration + Create my blog

मैतिदेवी_डायरी

August 9 2017 , Written by November Frost

कतिलाइ हर्ष कतिलाइ पिडा दिदै आज पनि दिन ढल्यो,आकाशमा राता पहेलो लाली छोड्दै सुर्य ओझेल परिसकेको छ। एक्लोपन र निराशा मनमा कुच्लेर म कोठा बािहर निस्केको छु। एक पाहिला पनि अघी सर्न नचाहेको यि खुट्टाहरुलाइ जबरजस्ती चालिरहेको छु । सधै झै चप्पल प्याट प्याट पड्काउदै आज पनि म मैतिदेवी मन्दीरमा होमिदै छु । साँझ झम्क्कै भएर छिप्पीसकेको छ, तर यहाँ हाम्रो गाउँमा जस्तो न झ्याउकिरी नै कराएको छ न त भ्यागुता ट्वार ट्वार गरेको सुनिन्छ। झ्याउकिरी र भ्यागुताको ठाँउमा यहाँ मोटर गाडीहरु कराउदै छन् र जुनकिरी झै बत्ती बालेर आफ्नो आफ्नो गन्तव्य तिर लम्किदै छन् ।

कपड़ा पसलहरुमा भिड छ सायद तिज नजिकिएर होला। पसलेको भइयालाइ साड़ी र अन्य लत्ताकपडा देखाउन भ्याइ नभ्याइ भइरहेको छ। त्यसै पसलको बहिरको पेटीमा च्यातिएको फाटेको लुगामा एक बुढा बा' मिठो निद्र लिएर सुतिरहनु भएको छ। दृश्यहरु पछी पर्दै म पुर्ण पैदल यात्री बनिरहेको छु । म मैतिदेवी चोक आइपुगेर टक्क अड्डिन्छु। यता उति हेर्छु सबै व्यस्त आफ्नो आफ्नो धुनमा छन् हुन त को नै आर्काको धुनमा हुन्छन् र ? बेटरी सक्किएको घडीको सुइ जस्तो म ठिङ्ग उभिएर यी व्यस्त जीवन नियाल्दै छु। चोकको अर्को कुनामा एउटी बुडी आमा तरकारी लिएर बेच्न बसेकी छिन्। भोको पेटले बच्चा, जवान,बुडो केही नभन्दो रहेछ त्यसैले त यि बुडी आमाले यतिको उमेरमा नि तरकारी बेच्न बाध्य हुनुभएको होला।

यि काठमाण्डूको धुलो धुवा फोक्सोमा ठेल्दै म क्रमश लम्किदै छु। मेरो देव्रे पट्टी एउटा मासु पसल छ। कुनैबेला उस्ले मेरो मन कुट्याए जस्तै कसाइ छ्याकछ्याक पार्दै मासु कुड्क्याइ रहेको छ। एउटा कुकुर मासु खाने आश लिएर मासु काटिरहेको पसले साउमाथी आँखालाइ बिसराम नै नदिइ हेरिरहेको छ। यस्कै अघिलो तिर दुइटा खसी घाँटीमा दाम्लो लगाएर बाधिँएको छ। सायद आजको रात नै यिनिहरुको आन्तिम रात होला। भोलीको बिहानी देख्न नपाउदै यिनीहरु मानिसको घर घरमा कुकरको सिठ्ठी बनेर बज्नेछ होला।

काठमांडुको सड़क र मेरो जीवन म उस्तै पाउछु ' अव्यवस्थित'। सड़कों पेटीहरुमा बालुवा र गिट्टि थुपारिएको छ। अलि पर पट्टी सडक खाल्टो परेर पानि जमेको छ मानौ यि मेरो मनमा यादहरु जमे जसरी जहाँ टलपल भएर जमिरहेको छ उनको याद। कहिले काही छच्लकाइदिन्छे 'के छ खबर तिम्रो' जस्तो म्यासेज गरेर। यस्तै कुराको डुबुल्की मार्दै म मैतिदेवी मन्दिर आइपुगेको छु । घण्टहरु बजेर मन्दिर गुन्ज्यमान भएको छ।धुप र कपुरको मिठो सुगन्धले मन्दीर अझ बास्नदार बनेको छ।म मन्दिरको एक परिक्रमा लगाउछु र मुल ढोकामा गएर केही बेर शिर निउराएर नमस्कार गर्छु। मानिसहरुको चहलपहल निकै देखिन्छ मन्दीरमा कोइ बत्ती बाल्दै छन् कोही घण्ट बजाउदै कोइ यता उता ओहोरदोहोर गरिरहेको छ। मन्दिर यस्तो ठाउ हो जहाँ मानिस एक दुइ रुपयेको भेटी चडाएर लाखौ करोड़ों माग्ने गर्दछन्। मन्दिरको एक कुनामा प्रेमिल जोडी गफमा मस्त छन्। एक अर्काको हात समात्दै सायद उनिहरु आफ्नो भावना पोखिरहेको होलान् । कामना गर्छु मेरो जस्तो यिनिहरुको जोडी नछुटुन्।

मन्दिर बाट बािहर निस्कन्छु। पर एउटा मदेशी मुलुकको दाजु पान बनाउदै गरेको देख्छु। म त्यतै लमकन्छु र उस्लाइ मिठा पान बनाउन आग्रह गर्छु। उ मेरो मुखमा हेर्दै मुसुक्क हाँसेर हव्स भनी बनाउन थाल्छन्। म यता उती हेर्छु । एकछिनमै उ पान बनाएर मलाइ दिन्छ। म उस्लाइ पैसा तिरेर कोठा तिर लाग्छु। अक्सर यँहा मायालाइ प्रेमको पात सँग तुलना गरिन्छ यसै बाट प्रश्ट हुन्छ कि माया भनेको चपाउने मिठास लिने अनि थुक्ने, अनि अचेल भएको पनि त यही हो

Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post