बसन्तपुर डायरी
"डल्ली भएर त हजुर को मनमा सजिलै अटाएको छु त" मेरो काँधमा टाउको राख्दै चेपारे बोलीमा बोल्छे।
"तिमी जस्तो डल्ली त मेरो मनमा अझै दुई जना अटाउँछ" म उसलाई जिस्काउछु,
म को हुँ ?
म त्यो नदी हुँ जस्को गन्तव्यमा समुन्द्र छैन
म त्यो बगर हुँ जहाँ कुनै खोला छैन
म त्यो ढुङ्गा हुँ जस्मा कुनै कठोरता छैन
म त्यो वायु हुँ जस्को कुनै वेग छैन
म त्यो सिरोटो हुँ जस्मा कुनै चिसोपन छैन
म त्यो पृथ्वी हुँ जस्को कुनै चन्द्रमा छैन
म त्यो शब्द हुँ जस्को कुनै अर्थ छैन
म त्यो शब्दकोश हुँ जस्मा कुनै अक्षर छैन
म त्यो अत्तर हुँ जस्को कुनै बास्ना छैन
म त्यो कस्तुरी हुँ जस्का कुनै सुगन्ध छैन
म त्यो मन्दिर हुँ जहाँ कुनै आस्था छैन
म त्यो टुक्की हुँ जस्को कुनै उज्यालो छैन
म त्यो बस बिसाउनी हुँ जस्को कुनै यात्री छैन
म त्यो यात्री हुँ जस्को कुनै यात्रा छैन
म त्यो झर्ना हुँ जस्को कुनै उचाइ छैन
म त्यो ढोका हुँ जस्को कुनै पर्खाल छैन
म त्यो कोठा हुँ जस्को कुनै भित्ता छैन
म त्यो सरीर हुँ जस्मा कुनै रगत छैन
म त्यो भूत हुँ जस्मा कुनै विगत छैन
म त्यो जुवा हुँ जस्को कुनै लत छैन
म त्यो पुरानो घाउ हुँ जस्को कुनै खत छैन
म त्यो उपचार हुँ जस्को कुनै रोग छैन
म त्यो भोजन हुं जस्को कुनै भोक छैन
म त्यो जमिन हुँ जहाँ कुनै माटो छैन
म त्यो बस्ती हुँ जहाँ कुनै बाटो छैन
म त्यो सङ्ग्रहालय हुँ जहाँ कुनै अमुल्य बस्तु छैन
म त्यो गंगा हुँ जहाँ सेलाउन कुनै अस्तु छैन
म त्यो अफिम हुँ जस्को कुनै नशा छैन
म त्यो काल हुँ जस्को कुनै दशा छैन
म त्यो ग्रन्थ हुँ जस्को कुनै धर्म छैन
म त्यो व्यथा हुँ जस्को कुनै मर्म छैन
म त्यो आगो हुँ जस्को कुनै ताप छैन
म त्यो संगित हुँ जस्को कुनै आलाप छैन
म त्यो बादल हुँ जस्को कुनै आकाश छैन
म त्यो जीवित बस्तु हुँ जस्को कुनै सास छैन
म त्यो घडी हुँ जस्को कुनै समय छैन
म त्यो बैठक हुँ जस्को कुनै तय छैन
म त्यो किताव हुँ जस्को कुनै पाना छैन
म त्यो देश हुँ जस्को कुनै सिमाना छैन
म त्यो अलिखित उपन्यास हुँ जस्को कुनै कहानी छैन
म त्यो वैश हुँ जस्को कुनै जवानी छैन
म त्यो पधेरो हुँ जहाँ कुनै पानि छैन
म त्यो मसानघाट हुँ जहाँ कुनै खरानी छैन
म त्यो एकान्त हुँ जहाँ कुनै शान्ती छैन
म त्यो परिवर्तन हुँ जहाँ कुनै क्रान्ती छैन
म त्यो मह हुँ जस्को कुनै मिठास छैन
म त्यो जीवन हुँ जस्को कुनै आस छैन
त्यसैले….
सामिप्यता नबडाउ तिमी म सगं
म त्यो सजीव प्राणी हुँ
जस्मा कुनै भावना छैन
बिहे
हजुरआमा भन्नुहुन्छ, "अब धेरै वाँच्दिन होला, मर्नु अघि नातीनी बुहारीको अनुहार हेर्न पाए हुन्थ्यो ।"
मलाई मनपर्ने हलिवूड हिरोइन एमा वाटशनको बिकिनी मात्र लगाएको फोटो आमालाई देखाउदै भन्छु," ल हेर्नुस् आमा तपाइको नातिनी बुहारी"
आमा रिसाउदै भन्नुहुन्छ, " यि... यो मात्तेको रड्डी मोरो के के देखाउछ"
आमालाई जिस्क्याउदै प्रश्न सोध्छु, "अनि आमा तपाईले विहे गरेर के पाउनु भयो त?"
"तेरो वाउ लाई पाए नि मोरा, त्यै भएर तँ जन्मिस नि"
लाग्यो आमाले विहे नगर्नु भएको भए म नजन्मिने रैछु ।
स्कुलको साथीहरु प्राय सबैले बिहे गरेर सक्न लागे । कक्षाकै सबै भन्दा कान्छो सन्तोस हामी सबैलाई पछि पार्दै बिहेको स्वर्ण पदक जित्यो। उ प्लस टु पढ्दा पढ्दै भागी विवाह गरेर आफ्नो नाम पहिलो नम्बरमा दर्ता गर्न सफल भएको हो। हामी सवै मध्य बच्चा देखीने सन्तोसको विहे गरेको एक वर्षमै बच्चा भयो। बच्चाको पनि बच्चा भयो भनेर हामी साथीहरु भेटेको बेला गलल हास्थेयौ। पढाइमा केहि कमजोर भए पनि विहे र बच्चा जन्माउने खेलमा आफु अबवल भएको साबित गर्यो सन्तोषले।
सन्तोस लाई पछ्याउदै सुदिप र सन्देशले कास्य र रजत पदकमा आफ्नो नाम दावी गर्यो । उनिहरुको पनि अहिले एक एक वोटा बच्चा छन्। त्यस पछि सफल, सुन्दर र सुस्मिताले विहे गरे । लाग्यो चाडै विहे गर्ने हरुको नाम सुरुमा 'स' बाट सुरु हुन्छ । त्यै अडकल गर्दै अब विहे हुनेमा सुमन र सन्दिप हुन्छन् भनेर लख काट्यौ । तर त्यसो भएन, 'स' बाट आउने क्रमलाइ तोड्दै विवेकले विहेको खातामा आफ्नो नाम टिपायो । हाम्रो कक्षा मध्यको सबै भन्दा राम्री लाग्ने केटि एलिनाले पोहोर साल मात्र विहे गरी । दुःखको कुरो विहेको निम्तो सम्म आएन । विहेको होड बाजीमा मिल्ने साथी सुरक्षित समेत अछुतो रहन सकेन । पोहोर सालनै अष्ट्रेलिया बाट आएर चार वर्ष देखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्यो ।
एकदिन विहे गरिसकेको साथी विशाललाई फोन गरेर, "फुर्सद भए बेल्का मेरोमा जमौ न त आज" भनेर सोधे ।
उ जिब्रो चपाउदै, "फुर्सद त फुर्सद नै हो तर बुढीलाई सोधेर भन्छु नि है भनेर फोन राख्यो" ।
लाग्यो विहे पछि साथीभाई संगको साथ छुट्दै जान्छ त्यसैले विहे गर्नै मन मरेर गयो ।
जाउँ हिड भाई आज मेरोमै खना खाउला भनेर दाइले प्रस्ताव राखे पछि दाई संगै पछि लागेर म दाईको कोठामा पुगेको थिए । भाउजुले लौकाको तरकारी बनाउनु भएको रैछ । दाईलाई लौकाको तरकारी खासै मन पर्दैन । खाना खान बस्नै लाग्दा तरकारी देखे पछि मुख अमिलो बनाउदै भाउजु तिर हेर्दै आफ्नो खाना बाट लौका झिकिदिन आग्रह गरे । "चुपो लागेर खानु त्या" भाउजु केहि रिसए जस्तो गरेर दाई तर्फ हेरे पछि दाईले कपाकप लौका सगै खाना खाए। दाइले खाना खाएको देख्दा लाग्यो भाउजूको एक घुराइले दाइको भागमा भएको लौकाको तरकारीमा मासुको रस आएर बसेको छ। लग्यो विहे पछि आफुलाई मन नपर्ने तरकारी पनी खान पर्छ । त्यसैले विहे गर्नै मन लागेन ।
सनिवार घाम ताप्दै फेस्बुक चलाउदै थिए । फेस्बुकमा कहिले केहि नराख्ने साथीले टिकटकको भिडियो राखेको रैछ। पक्कै पनि यो भिडियो उस्को बुढीले उस्को आइडी बाट राखिदिएको हुनुपर्छ। उनिहरू एउटा गितमा अभिनय गर्न खोज्दै थिए । जानी नजानी बुढीको इसारामा उ नाच्दै अभिनय गरेको भिडियोमा प्रष्ट दिखिन्थ्यो। लाग्यो विहे पछि जान्दै नजाने पनि अभिनय गर्दै टिकटकको भिडियो बनाउनु पर्छ । विहे गर्ने रहर यसै मरेर गयो ।
साझ काम सकेर पार्क तिर डुल्न हिडे । अस्ताउंदै गरेको आकाश मनमोहक देखिदै थियो। गोजी बाट मोबाइल झिके र त्यो विशाल आकाशलाई सानो मोबाइलमा कैद गरेर छेउको चौरमा बसे । पर एक जोडी पनि फोटो खिच्दै थिए। म उनिहरुको चर्तिकला हेर्दै थिए । केटो चै केटिको फोटो खिच्दै उस्लाई देखाउदै थियो । "छि: यो त भएन के अर्को राम्रो खिच्देउ न" केटि भन्दै थिइ । केटो थाकेको अनुहार बनाउदै फेरी फोटो खिच्दै थियो । केटी नया पोज दिदै गइ केटो फोटो खिच्दै गयो । एउटै फोटो राम्रो नआएको भन्दै केटी गुनासो गर्दै गइ। लाग्यो विहे गरे पछि यसै गरी फोटो खिच्दिन पर्छ । विहे गर्ने इच्छा हराएर गयो ।
फुपुको छोराको यहि गए वैशाकमा विहे भयो । पहिले पहिले दाई हाम्रो घर आएर फर्किने बेला ममीले केहि कोसेली हालेर दाईलाई झोला थमाउनु हुन्थ्यो ।
"ह्या माइजु मलाई यो झोला बोकेर हिड्न मन लाग्दैन के" यस्तै वाहान बनाएर दाई झोला नबोकी फर्किन्थे ।
यसरी विहे अघि कहिले झोला बोक्न नरुचाउने दाई विहे पछि भाउजूको साइड ब्याग बोक्दै ससुराली गइरहेको देखे ।
सबै नियाल्दै जाँदा लाग्यो यो विहे भन्ने जिनिस सवै भन्दा ठूलो गुरु रहेछ। यस्ले सबै सिकाउदो रहेछ ।
सिड्नी डायरी
पहिलो चोटि उस्लाई मैले कलेजको लन्च रूममा देखेको थिए । गोलो अनुहार पातलो ज्यान, हिस्स परेको मुहार र कुम भन्दा ठिक्क तल सम्म आउने उस्को कर्ली कपाल, सुरुमा देख्दा ठिकै लागेको थियो उ मलाई । साथीहरु संग खाजा खादै गफमा मस्त रमाउदै थिइ उ त्यती बेला । म धारामा पानी भर्दै थिए ठिक त्यती नै बेला उस्को साथीले , ' जाँ त कुसुम पानी भरेर लेरा' भनेको सुने। उ मेरो पछाडी उभिएर पानी भर्न कुर्दै थिई । म आफ्नो बोटलमा पानी भरेर उस्लाई ठाउँ छोडेर लेक्चर क्लास तिर लागे । त्यो दिन त्यसै सकियो ।
भोली पल्ट कलेजमा ल्याव क्लास सकेर कमन ल्यावमा छिरे, उ ठिक म प्राय सधै बस्ने कम्पुटर डेस्क भन्दा साइडमा बसेकी रहेछ । म पनि सधै बस्ने डेस्क मा बसेर आफनो एसाइनमेण्ड गर्ने लागे । मेरो टाइपिङ स्पिड अलि बढी छ । मैले ट्याइप गरेको देखेर हो या अरुनै कुनै कारण हो बेला बेलामा उस्ले मलाई हेर्दै गरेको चाल पाइ रहेको थिए । एकछिन नबित्दै उस्ले बोलेको सुने " हजुर त कति छिटो ट्याइप गर्नु हुदो रहेछ " पहिलो पटक मैले उस्को आबाज पर्स्ट सुनेको थिएँ । म उ तिर फर्के र मुसुक्क हाँसेर " हैन अलि अलि हो" भन्दै फेरी एसाइनमेण्ड गर्न लागे । उ पनि आफ्नो एसाइनमेण्ड गदै रहेछिन् । काममा जान ढिलो हुने भएर म एकछिन एसाइनमेण्ड गरेर निस्किन लागे । निस्किने बेला उस्लाई भने "तपाई पनि ट्याइप त गर्नु हुदो रहेछ त" । उस्को जवाफको ध्यान नै नदिइ म काम तिर हानिए ।
काममा जांदै गर्दा बसमा बसेर फेस्बुक खोले र निउज फिल्ड स्र्कोर्ल गर्न लागे । त्यतिनै बेला मनमा उसको फेसवुक प्रोफाइल खोज्ने हुरि चल्यो । फेसवुकको माथी र्स्चमा गएर लेखे "KUSUM", फेस्बुकले एकछिनमै धेरै कुसुम हरूलाई खोजेर मेराे अगाडी राखिदियो । अब यति धेरै कुसुम बाट मैले उ कुसुम लाई भेटाउन पर्ने थियो । एउटा एउटा प्रोफाइल खोल्दै हेरे, तर उ कुसुम जस्तो अनुहार भएको प्रोफाइल एउटै भेटिन । फेरी र्स्चमा गएर नेपालीमा लेखे 'कुसुम' । नेपाली नाम भएका कुसुमहरूलाइ फेसवुकले फेरी खोज्यो र मेरो अगाडी राख्यो र भन्यो " ल यस बाट तैले खोजेको कुसुम कुन हो आफै खोज" । सवै अनुहार हेरे उस्को जस्तो अनुहार भएको प्रोफाइल कसेको लागेन । मलाई एक्कासी फेसवुकमा मान्छे खोज्ने काम आफुले गरिरहने किचेन ह्यान्ड काम भन्दा गह्रो लागन्न थाल्यो ।
यो हप्ताको लागी कलेज जाने दिन सक्किसकेको थियो । नेपालमा छ दिन कलेज गइरहने बानी यहा हप्ताको दुइ दिन कलेज जांदा, कलेज गएको आभास नै हुदैन थियो । अब उसलाई भेट्न मैल फेरी अर्को हप्ता कुर्न पर्ने भयो ।
मोवाइल राखे र फेरी एसाइनमेन्ट मै ध्यान दिन खोजे तर ध्यान एसाइनमेन्ट तिर जादै गएन । उ संग बोल्न मन लाग्यो तर बोल्ने वाहाना भेटिन । के भनेर बोल्ने होला भनेर एक छिन सोचीरहे , केहि वाहाना भेटाउन सकिन । त्यति नै बेला ब्याग बाट स्याउ झिकेर खानु पर्यो भनेर लाग्दा साइडमा राखेको पानीको बोटल ढल्यो र पानी पोखियो । पोखिएको पानी गएर उस्को साइडमा राखेको मोबाइलमा पर्यों । मैले हतार हतार ढलेको पानीको वोटल उठाए र भने " सरी है झुकेर पोखियो ",
उ पनि हत्त न पत्त उस्को मोवाइल उठाइ र भनि "ओहो मेरो मोबाइलमा पनि पानी परेछ"
"केही त भाको छैन नि मोबाइल ?" मैले थप प्रश्न गरे
" झन्डै बिग्रेको तर कभरमा मात्र परेको रैछ "
बोल्ने वाहाना खोज्दै थिए पानीको वोटल ढलेर झन सहज बनाइदियो । टेवलको पानी भुईमा झर्दै भने "अनि झन्डै मोबाइल बिग्रेको मान्छेको नाम चैं के हो नी ?"
उ जिस्किने शैलीमा हास्दै भनी, " मेरो त नाम नै छैन नी "
मैले उस्को साइडमा राखेको कपी देखाउदै भने ," ए कुसुम पो नाम हो तिम्रो ?"
"कस्ले भनेको ?, मेरो त नाम नै छैन" उ अझै जिस्किने मुडमै थिई "
अनि त्यो कपीमा त कुसुम भनेर लेखेको रै छौ नि त ?"
"त्यो त कपीको नाम राखिदिएको मैले, कपीको नाम र मान्छेको नाम एउटै हुनु पर्छ भन्ने छ र ?"
"खै मैले त मेरो कपीको नाम पनि मेरै नाम राखिदिने गरेको छु"
उस्ले फेरी हास्दै भनी,"अनि म कहाँ हजुर हो त नी, म त म हो, कपीको नाम राख्दिने मान्छे"
"अनि कपीको त नाम राखिदिने मान्छेले आफ्नो नाम चै किन नराखेको नि त ?"
"कपी त मेरो थियो त्यइ भएर यस्को नाम मैले राख्दिएको, अब मलाई ' मेरो' सम्झने मान्छेले मेरो नाम राखिदिएन्न त म के गरुम"
"ओहो ! गफ त मिठो आउदा रैछ नाम नभएको मान्छेलाई"
"गफ जस्तो लाग्छ भने त गफ नै सही"
"अनि यो नाम नहुने मान्छे त मैले पहिलो पटक भेटे है यो संसार मा "
उ मुस्कुराउदै भनि " जिवनमा धेरै कुरा हरु पहिलो पटक नै भेटिन्छन् "
यसरी जिस्किसके पछि उनि सामान्य हुदै आफ्नो परिचय दिइ । कुसुम पौडेल नेपालमा घर चितवन यहां चै कोगराह भन्ने ठाउंमा बस्छु । त्यसपछि हामी केहि बेर कुराहरु साटा साट गर्यौ । एसाइन्मेन्ट गर्न ल्याव गएको म उनि संगको गफमा भुल्न लागेछु यतिकैमा काममा जाने आर्लाम बज्यो, उ संग बिदा मागेर म काम तिर लागे । काममा जाने बसमा चडे पछि फेरी फेस्बुक खोले र उस्को प्रोफाइल हेर्न लागे । फेसबुक बाट थाहा पाए उनि पनि म जस्तै भर्खर भर्खर अष्ट्रेलिया आएकी रहिछ । जे पर्ला पर्ला भनेर फ्रेन्ड रिक्वेस्ट पठाए, पठाएको केहि बेरमै रिक्वेस्ट एकसेप्ट भयो ।
"ओहो आफ्नो नाम नभएको मान्छेले त फेसबुकलाई समेत नाम राखिदिएको रैछ नि " म्यासेज पठाए
उता बाट रिप्लाईमा हासेको इमोजी मात्र आयो ।
यसरी हाम्रो सम्वन्धको वोलचालको अध्याय सुरु भएको थियो ।
-----बाकि अर्को भागमा
--रातहरु--
मङ्शिर डायरी
रुसा र म एकै गाउको साथी थियौ । रुसाको घर मेरो भन्दा तिन घर तल थियो। स्कुल पढ्दा हाम्रो खासै कुराहरु हुन्थ्येन । उनि बजारको बोडिङ पढ्थी म गाउकै स्कुल। दश कक्षा सम्म पढ्दा उस्को र मेरो खासै कुराहरु हुन्थिएन, अझ भनुम भने कहिले काही भेट हुदा कुरा हुन्थ्यो । पछि हामी वजारकै एउटै कलेज पढ्यौ । उनि एस एलसीमा राम्रो अंक आएको र पढाइमा नि राम्रो भएकीले उस्ले विज्ञान संकाए रोजीन, म हिसाब र विज्ञानमा कमजोर थिए त्यसैले कर्मस रोजे।
कलेज पढ्न थाले पछि हाम्रो भेट बाक्लिन थालेको थियो । उस्को प्रयाक्टिकल कक्षा अलि चाडै सुरु हुने भएको ले उनि म भन्दा एक घण्टा अगी नै कलेज जान्थिन । हाम्रो भेट प्राय कलेज बाट घर फकर्ने बेलामा धेरै हुन्थ्यो । सुरु सुरुको दिन "के छ ?","कस्तो भयो त आजको दिन" जस्तो सामान्य कुरा बाट हाम्रो कुरा सुरु हुन्थ्यो । पछि पछि कलेज बाट घर फकर्ने बेला हामी एक अर्कालाई दिन भरी के के भयो सुनाउने रुटिन जस्तै भएको थियो । प्राय हामी कलेज सकिए पछि बाटोमा भएको चट्पटे पसलमा चटपटे खान छिर्थेउम् । म संग खासै पैसा हुन्थेन प्राय उनि नै मलाइ चट्पटे खुवाउथिन । चटपटे खादा मेरो पिरोले नाक भरी पसीना आउथ्यो, उ जिस्केर भन्ने गर्थी "तिमीलाई हुनेवाला तिम्रो बुढीले खुव माया गर्छे जस्तो छ"
म जिस्किएर थपिदिन्थे " किन तिमी चै माया गर्दिनौ र मलाई ?" उ राता राता गाला पर्दै हास्दै भन्थी " अनि म काँ तिम्रो बुढी हुं त ? म मुसुक्क हासेर भनिदिन्थे "भविष्य कस्ले देख्या छ र ?" उ लजाउदै भन्थी "चुप बाँदर" ।
रुसा मिजासिली स्वभावकी थिइ । पृष्ठभूमी खान्दानी र धनी नै भए पनि उसमा त्यसको अलिकती नि अहम थिएन । उनि सवै संग मिलनसार थिइ र सवै संग हासेरै बल्थी । मलाई उस्को यहि बानी सवै भन्दा प्रिय लाथ्यो। उनि खाइलग्दो हिष्टपुष्ट थिइन । स्याउ जस्तो गोला अनि राता अनिहार , पोक्चो गाला, गुच्या जस्ता आखा, काला सलक्क परेको कपाल, बान्की परेको शरिर,ठिक्कको उचाई थियो उस्को । मान्छे अलि मोटी भएर होला उसलाई अलि डल्ली डल्ली देखिन्थ्यो । त्यसैले म उसलाई "डल्ली" नामले बोलाउथे ।
डल्ली भनेर बोलाउदा उ अलि रिसाए जस्तो गरेर मलाई "लुरे", "बांस", "सिन्का" भन्दै अनेक नामले बोलाउथिन ।
उसको घर तिनै घर तल भए पनि हामी गाँउमा भने खासै भेटदैन थियौ। एक दिन कलेज बाट घर फर्कदा वेस्सरी हावा चल्यो। हामी बाटो छेउको एउटा पसलमा एकछिन बस्यौ । हुरी अलि सामान्य भए पछि हामी फेरी घर फर्कन बाटो तिर लाग्यौ। उनि जिस्किन थालिन "तिमी लुरेलाई त झन्डै उडाको है हावाले, अब देखी गोजीमा ढुड्गा हालेर हिड्नु के है " यति भन्दै उनि बाटोमा जोड जोडले हास्दै थिइ । मैले पनि मुसुक्क हासेर भनिदिए " मन त नजिकै भएको ति सालिग्राम जस्ता गोलो र डल्लो मान्छेलाई मन मै राखेर हिड्न मन थियो नि ?" उनि लाजले राता हुदै "हल्ला नगर गफाडी भन्दै" हास्न थालिन । कलेज जादा आउदा सधैको भेट र भेट नहुंदा फेस्बुकको च्याटले उ र म धेरै नजिकिएको थियौ। अझ भन्नौ म उस्को प्रेममा डुवुल्की मार्न थालिसकेको थिए । उस्ले म प्रति गर्ने व्यवहारले यो प्रष्ट थियो कि उनि पनि म संग गहिरो प्रेममा दे। तर हामी एक अर्कालाई मुख खोलेर भन्न सकेको थिएनौ ।
अरु वर्ष भन्दा मलाई कलेजको वर्ष चाडै विते जस्तो लाग्यो। एघार सकियो, हेर्दाहेर्दै बाह्र सकियो । बाह्र पछि उनि नर्सिङ पढ्न काठमान्डौ जाने भइन। हाम्रो कुराहरु अब भेट मा नभएर फेसबुक र भाइवरमा हुन थाल्यो । उनि बेला बेलामा घर आउथिन उ घर आएकी बेला हामी सधै कतै न कतै घुम्न जान्थेउ। हाम्रो बारे उसको र मेरो घरले साथी साथी जसरी लिएका थिए। उनिहरुलाई थाहा थिएन सम्बन्ध साथी बाट कयौ हद माथी पुगिसकेको भन्ने ।
राती अवेर सम्म मुभी हेर्दै रुसा संग च्याट गर्दै थिए त्यसैले विहान आठ बजे सम्म म ओक्ष्यान मै पल्टिरथें। बा घरी घरी मेरो रुममा आएर " छिटो उठ है गधा ! कति सुत्छस् ? भनि भन्दै हुनुन्थ्यो म बा को कुरा अटेर गरेर सुतिरहेको थिए ।
नौ बजे तिर बहिनी रुममा नछिरी, ढोकै बाट ओई दाई! आज रुसा दिदी लाई हेर्न त केटाहरु आउदै छन रे त !! थाहा पाइस् ?
बहिनी प्राय म संग जिस्किरहन्थी, विहान विहान किन जिस्किन्छस् है दाह्रे, जा गएर पढ् तेरो वाह्रको इक्जाम हैन पर्सी बाट ? मैले उस्लाई हप्काए। "मैले त था पाएको कुरा तलाई भन्देको हो, अब पत्याए पत्या ! नपत्याए नपत्या" भन्दै बहिनी तल तिर लागी ।
बहिनी म भन्दा चार वर्ष कान्छी छे, तर बोलाउदा भने दाई अनि तँ भन्छे, मलाई नि उस्ले दाई संग तँ ले संवोधन गरेको सारै खुसी लाग्छ । उस्ले तँ भन्दा मिल्ने साथी झै आवाश हुन्छ ।
बहिनीको कुरा पत्यार लागेन । गित सुन्दै गरेको मोबाइल बन्द गरे र फेस्बुक खोले । हिजो राती रुसा संग अवेर सम्म कुरा गर्दा मलाई यस बारे उस्ले कहि भनेकी थिइन । रुसा अनलाइन नै रैछे च्याटमा गएर औपचारिक म्यासेज पठाए "कति बेला उठेकी डल्ली ?" म्यासेज पठाएको एकछिन मै उसको नामको तल एक्टिभ टु मिनेट अगो भनेर देखायो ।
बैशकको घामले विहान नौ बजे नै घरको जस्ता पातालाई आगो बनाइसकेको थियो। माथी कोठमा बसिराख्न सारै गर्मी हुन्थ्यो । तल झरे, बहिनीले चाया खान्छस् दाई ? भनेर सोधी । मैले 'अँह' मात्र उत्तर फर्काए। बहिनीले थपी 'के खान्थ्यिस् त मैले बनाको चिया त्यइ रुसाले बनाको चिया खान्थिस् होला नी !' 'साच्चै त्यइ नि रुसा दिदीले त आज तलाई हैन अरु हरुलाई नै चिया खुवाउदै होला' भन्दै हासी । मैले त अघी रुसा दिदीकै ममीले भनेको सुनेको यती भन्दै उ अन्तै लागी । पछि आमा पनि बहिनीले विहान भनेको कुरा गर्नु भो । मलाई अब बहिनीको कुरा हो कि झै लाग्न थाल्यो । हत्तनपत्त कल गरे रुसालाई लास्ट धन्टी जादा सम्म नि फोन उठेन । सधै दुइ तिन घन्टीमै फोन उठ्ने उसको आज फोन उठेन । फेसवुक खोले अघिन पठाएको म्यासेजको रिपलाई अझै आएको रएनछ ।
बहिनी र आमाले भन्नु भाको कुरा पत्यार लागेन आफै कुरा वुझ्न उस्को घर छेउ हुदै चोकतिर झर्ने विचार गरे । उस्को घरको बाटो निर दुइटा स्कपिर्यो गाडी देखे। मुटुको धड्कन एकाएक बढ्न थाल्यो । सास फेर्न गारो होला झै भयो । हिजो रात भरी ठट्टा गर्दै गफिएको कुराहरू मानसपटलमा आए । हतार हतार घर फर्के वहिनीलाई बोलाएर सोधे उस्को उत्तर अझै त्यइ थियो ।
फेसवुक खोले म्यासेज सिन भएको रैछ रिपलई आएन, मलाई भाउन्न हुन थाल्यो। म उसको कल र म्यासेजको प्रतिक्षामा कर्न थाले । बेलुकाको पाँच बज्यो न त कल आयो न त म्यासेज । फेरी कल गरे फोन काटियो। डाइरेक्ट म्यासेज गरे "आज तिमीलाई हेर्न केटा हरु आएका थिए रे हो त ?" म्यासेज डेलिर्वड भयो रिपलाई आएन । यहि म्यासेज पुर्न फेसवुकमा पठए अनि प्रतिउत्तरको प्रतिक्ष्यामा बसिरहे। बहिनी टुप्लुक्क आई " दाई रुसा दिदीको त आउने मङ्शिमा २४ गते विहे फिक्स भयो रे नि ? अमेरिकाको ग्रिन र्काड वाला केटा रे"
मलाई एक्कासी रिङ्गटा लाग्यो । मुटुमा एकै चोटी दश वोटा भाला रोपे झै हुनथाल्यो। आफु बसेको जमिन तल तल भासिए झै भयो। भुकम्पले पर्खाल गर्ल्याम ढालेर थिचे जस्तो , सनासोले रुर्द घन्टी च्यापे जस्तो भयो । के भयो दाई ठिक छस्' बहिनी एक्कसी कराई । केहि हैन ठिकै छ,जा त पानी ले ! बहिनीले पानी लेराई, पानी खाए । दिमागले केही सोच्न सकिराको थिइन । खाना खाने बेला भयो, आमाले बोलाउन भयो । खाना थोरै जुठो लगएर छोडिदिए, अनि कोठामा आए ।
फेसबुक खोले रुसा अनलाई रैछे तर म्यासेजको रिपलाई आएको रैनछ । फेरी म्यासेज गरे " बोल्न नहुने भएको हो र ?" एकछिनमा म्यासेज आयो
रुसा- "हैन"
अनि खै त सोधेको कुराको उत्तर ?
रुसा-" के कुरा"
'केटा हेर्न आएको थिए रे त तिमीलाई'-
म्यासेज सिन भयो रिप्लाई आएन
एकछिनमा छोटो उत्तर आयो
"अं"
उत्तर थाहा हुदा हुदै पनि उस्कै मुख बाट सुन्न
"अनि के भयो त कुरा"? पुर्न प्रश्न गरे
ढिला जवाफ आयो
"मैले त हुदैन भनेको मम्मी बावाले हुन्छ भनेर फिक्स गर्दिनु भएछ"
"केटा के गर्छ रे" प्रश्न गरे
छोटो उत्तर आयो
रुसा- "अमेरिकामा बस्छ"
अरु धेरै प्रश्न सोध्न मन थियो तर सोध्न जरूरी सोचिन
"ए राम्रो ठाउको केटा पाएछौ बधाई छ तिमीलाई"
यति भनेर फेसवुक बन्द गरे।
त्यो रात भरी निन्द्र लागेन। दिमागमा स्मृतीका भुमरीहरू चलिरयो । पहिलो चोटी संगै कलेजको गएको सम्झना आयो, फर्कदा हास्दै गिजिदै रमाइला कुराहरु गरेको, खेलेको, घुम्न गएको एक एक गर्दै मानसपालमा ओहोर दोहोर गरिरहे । कति बेला निदाएछु था नै पाइन ।
विहान उठे फेस्बुक खोले, उस्लाई ट्याग गरेर उस्को मामा की छोरीले फोटो हालेकी रैछे "Congratulation Dear for new beginning of your life"
फोटो हेर्ने सकिन, एकाएक आँखाका डिल भरिए तप्प मोबाइलमा आशु खस्यो । फेस्बुक पनि उझाड लाग्न थाल्यो । फेस्बुक डिइएक्टिभेट गर्ने सोचमा पुगे। डिइएक्टिभेट गरे।
कुनै बेला सयौ म्यासेज आउने मेरो इनबस् खाली छन् अचेल, दिनमा दश बाह्र चोटी उसको नम्बर दाब्ने यि औलाहरू स्तिर छन् आज। विहान "गुड मर्निङ" देखी बेलुका गुड नाइट सम्म सुन्ने कानहरू सुन्य छन् आज। भोली मङ्सिर २४ अर्थात उस्को विहेको दिन। सारै राम्री देखिन्छ होला उस्लाई बेहुलीको पहिरनमा । कुनै बेला मैले बेहुलीको भेषमा कल्पना गरेको परी जस्तै ।
#मङ्शिर_डायरी
तिमी अनि म
फेन्सीका महँगो महँगो लुगा लगाउने सँग हिड्ने तिमी
म पोहोर सिलाएको च्यातिएको सर्टमा हल्का रफ गरेर हिड्ने सँग घुम्न सायद लाज लाग्ला तिमीलाइ
डुक,बुलेटको पछाडी मस्किदै हिड्ने तिमी
म तिन चोटी गाँसेको पाएल चप्पल लगाएर हिड्ने सँग घुम्न जान सायद लाज लाग्ला तिमीलाइ
महँगो महँगो डिस्को बारमा नाच्न रमाउने तिमी
म रेडियोको गित सँगै नाच्ने सँग नाच्न
सायद नसुहाउला तिमीलाइ
ठुला ठुला क्याफेमा कफी खान मनपराउने तिमी
मैले खाने त्यो सानो घुम्तीको चिया
सायद मननपर्न सक्छ तिमीलाइ
सधै चिल्ला कारमा सफर गर्ने तिमी
म स्टुडेन्ट कार्ड देखाउदै भाडा तिर्ने सँग हिड्न
सायद अफ्ठेरो लाग्ला तिमीलाइ
बडी लोसन र भेस्लिनले नरम भएको तिम्रो हात
मेरो कोदाली खनेको हातले छुदा
सायद बिझाउन सक्ला तिमीलाइ
गार्मेन्ट र कार्पेट ओछ्याइएको घरमा बसेकी तिमी
मेरी आमाले सधै रातोमाटो पोत्ने दैलोमा टेक्न
सायद फोहोर लाग्ला तिमीलाइ
बिहान बेलुका कुकुर डुलाउदै हिड्ने तिमी
म दिन भरी गाइ बाख्रा चराउने सँग
सायद जोडी नमिल्ला तिमीलाइ
ठुलठुला घरमा बसेकी तिमी
मेरो टाउको निहुराएर छिर्न पर्ने घर
सायद धेरै नै सानो लाग्ला तिमीलाइ
याद
शिखा !!
तिमीलाइ थाहा छ ?
तिमीले मारेको त्यो
हाम्रो प्रेमका चिहान वोरीपरी
मैले यादको बोटहरु छरेको छु
म हरेक दिन
त्यी बोटहरुमा आशुले सिचाइ गर्छु
मलाइ थाहा छ
यो बोटहरु एकदिन ठुलो हुनेछ
मलाइ त यो पनि थाहा छ की
यो बोटहरुमा मेरो लागी
खुसीको भन्दा नि मन चिड्याउने
तिम्रो र मेरो पुरानो प्रेमको फुल खेल्नेछ
अनि मन भारी बनाउने फल लाग्नेछ
म त यी बोटहरुमा त
केबल तिमी नै तिमी मात्र देख्छु शिखा
त्यी पातहरुमा तिम्रो र मेरो
तस्बिरको आकृति पाउछु
त्यी हाँगाहरु त झन
तिम्रो काधँ जस्तै लाग्छ
जहाँ पहिले म
आफ्नोपनले टाउको अड्याउथे
र अहिले निराशापनले
त्यी हावामा फैलिएको
मिठो सुभाषमा
म तिम्रै गन्ध पाउछु शिखा
यो बोट हुर्किए सँगै
म हाम्रो हारेको प्रेमको
एक तर्फी विजय भएको पाउछु
र अचेल म हरेक रात
त्यो हामीले बुनेको
सपनाहरुको आगों बालेर
तिमीले नपोली खरानी बनाएको मन लिइ
यी बोटको छहारीमा सुस्ताउछु
सायद यही अस्ताउछु
( गोफ्ले काजी )
आमालाई_प्रश्न
आमा !!
हेर्नुस त त्यो आकाशमा
चील जस्तै हावेजाहाज
कोस्ले उडाउछ आमा त्यो हावेजाहाज ?
के मैले पनि उडाउन सक्छु त्यसै गरी ?
आमा
हेर्नुस् न उ पर सडकमा
सर्प जस्तै गाड़ी
कस्ले गुडाउछ आमा त्यो गाडी ?
के मैले पनि गुडाउन सक्छु त्यसै गरी ?
आमा
म बिरीमी हुदाँ
सेता कोट लगाउने मान्छेको मा किन लगेको ?
अनि के झुन्डाएको आमा उस्ले गाँटीमा ?
म पनि उ जस्तै बन्छु नि हुन्न ?
के गर्न पर्छ भन्दिनुस् न आमा
म नि सेतो कोट लगाउने जस्तै बन्न ?
आमा
हामीलाइ पढ़ाउने गरुआमा त कती जान्ने रैछन्
A,B,C,D क,ख,ग,घ सबै आउछ
म नि गुरुआमा जस्तै बन्छु नी
के गर्नु पर्छ म गुरुआमा जस्तै जान्ने हुन ?
भन्निदिनुस् न आमा
आमा
त्यो टिभी भित्र मान्छेहरु बस्छन् हो ?
अनि त्यती धेरै मान्छे
यति सानो टीभीमा कसरी आटाएको आमा ?
म पनि बनाउछु यस्तै धेरै मान्छे अट्ने टीभी ?
के गर्नु पर्छ भन्दिनुस्न यस्तै टिभी बनाउन ?
आमा
हेर्नुस् न कति ठुलो घर
को बस्छन् आमा यति ठुलो घरमा ?
कस्ले बनाउछ आमा यति ठुलो घर ?
म नि बनाउछु नि आमा
यस्तै ठुलो घर
के गर्न पर्छ भन्दिनुस् न आमा ?
यस्तै ठुलो घर बनाउन
म_मरेको_दिन
म मरेको दिन
साथीभाई छरछिमेक
अनि केही आफन्त भेला होला
आँखामा आशु लिइ
म जस्तै टपक्क टिपिएका
रँगीचँगी फुललाइ उनेर
भिराइयला मेरा घाँटीमा
बर्साउलान् फुलका गुच्छा
मेरा स्तिर एकलव्य लाशमा
शोकका धुनहरु बज्ला
कात्रोमा बेरेर कफन ओढाइ
हरियो बाँसमा बाधेर
बोक्लान् चार काधँमा
एकोहोरो शँख बजाउदै
झर्लान खोल्चीको बाटो हुदै
दुइ चार जाना मलामी सँगै
पुराइएला निर्जन घाटमा
सिसा झै दह्रो मेरो चिसो शरिर
बसाउलान् काठका चितामा
दनकाउला आगोका लाफ्काहरु
शहास नरहेको कलेवर
सधैका लागी खरानी बन्ला
मलामीहरु गुनगुनाउला
फ्याकला दुइ चार शब्द
कहिल्य नगरेको तारिफ गर्ला
जीउदो हुदा घाउमा नुन छर्कने आफ्नत
दुइ चार दिन नुन छोड्ला
तर यता
बुडेसकालको सहारा ठानेको
आफुले पुरा नगरेको सपना मानेको
मेरो बा-आमामा के बित्ला ??
आफु भन्दा अघी छोरा मरेको देख्दा
मेरो दिदी बहिनीमा को बित्ला
राखी बाँधी दिने हात नै नरहँदा
केही सान्तव्ना दिएर सम्झाउला
मेरो घरपरिवारलाइ
सायद यस्तै यस्तै होला
मैले संसार छाडेको दिन
कोही हाँस्ला कोइ रोलान
म अभागी मरेको दिन